८ वैशाख २०८१ शनिबार
खेल

मेसी अब रेस्टुरेन्ट मालिक !

बार्सिलोना–अर्जेन्टिनाका पूर्व कप्तान तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीले नयाँ रेस्टुरेन्ट संचालनमा ल्याएका छन्। मेसीले आफ्ना दाई रोर्डिगो तथा बहिनी मारिसोलको संयुक्त लगानीमा बार्सिलोनामा ‘येल बेलाभिस्टा डेल जर्डिन डेन नोर्टे नामक रेस्टेरेन्ट संचालनमा ल्याएका हुन्।

स्पेनमा रहेका अर्जेन्टिना नागरिकलाई लक्षित गर्दै संचालनमा ल्याइएको उक्त रेस्टुरेन्टमा अर्जेन्टिनाको स्वाद दिने खाना ताथ खाजा पाइनुका साथै अन्य खाना तथा पेय पदार्थ पाइने छ।

स्पेनको सिटी सेन्टर नजिकै रहेको इनरिक ग्रानाडोस स्ट्रिटमा रहेको उक्त रेस्टुरेन्ट अबको नयाँ आकर्षक गन्तब्य बन्ने मेसीका दाजु भाइले विश्वास लिएका छन्। हाल उक्त रेस्टुरेन्टको स्वामित्व भने मेसीका दाई रोर्डिगोको नाममा रहेको छ।

उक्त रेस्टुुरेन्टमा जाने खानाका पारखीहरुले केबल ८.७७ युरोमा मेलानिसीयाको स्वाद लिन पाउने छन्। पाउरोटी भित्र चिज र टोम्याटे सस राखिएको उक्त परिकार मेसीको पनि मनपर्ने परिकार हो।

 

प्रकाशित: १२ श्रावण २०७३ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App