coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

फुटसल लिगको तयारी पूरा

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले  बिहीबारबाट सुरु हुने रेडबुल राष्ट्रिय फुटसल लिगको तयारी पूरा भएको जनाएको छ । भदौ १३ देखि २५ सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू स्तुपा फुटसल बौद्ध र चौर रिक्रियसन सेन्टरमा हुनेछन् ।

प्रतियोगितामा खुमलटार युवा क्लब, बिजी ब्रदर्स, किक–अफ फुटसल, हरिसिद्धि फुटसल, खालीबारी फुटबल क्लब, स्वयम्भु रिक्रियसन सेन्टर, बिजी फुटसल, धन्वन्तरी फुटसल, फुटसल भिलेज, सामाखुसी फुटसल, शंखमूल फुटसल, रजनी फुटसल, स्तुपा फुटसल बौद्ध, रेभ फुटसल सेन्टर, ढुकु फुटसल हब र चौर रिक्रियसन सेन्टर गरी १६ टोलीको सहभागिता हुने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई अक्टोबर १३ देखि १५ सम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप २०१८ का लागि खेलाडी छनोटको माध्यमका रूपमा हेरिएको छ । दक्षिण एसियाली राष्ट्रबाट छनोट चरणमा प्रतिस्पर्धा गर्ने नेपाल एक मात्र टोली हो ।

यस लिगका लागि एन्फाले एएफसी इन्सट्रक्टर वाङ पो अन एन्डेबाट फुटसल रेफ्री कोर्स सञ्चालन गरेको थियो ।

प्रतियोगिता सञ्चालनका लागि एन्फाले टुर्नपाइकसँग पाँच वर्षको प्रायोजन सम्झौता गरिसकेको छ ।  प्रतियोगिताका सञ्चालनका लागि ३० लाख खर्च हुने र त्यसमध्ये २० लाख टुर्नपाइकले व्यहोर्नेछ ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख र उपविजेता २ लाख ५० हजार पाउनेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित: १५ भाद्र २०७४ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App