नारायणगढ-मुग्लिन सडक भासियो, गाडी ठप्प

बिहिबार, १५ भदौ २०७४, ०८ : ५६ रमेशकुमार पौडेल

चितवन- लगातार भएको वर्षाका कारण आज बिहानैदेखि नारायणगढ–मुग्लिन सडक खण्डमा गाडी चल्न सकेका छैनन् । नारायणगढ मुग्लिन सडक आयोजनाले दिएको जानकारी अनुसार सडक खण्ड भासिएका कारण आज दिनभर नै यातायात सञ्चालन गर्न कठिन हुने अवस्था छ । चार ठाउँमा पहिरो गए पनि सफा गरेको तर भासिएको सडक मर्मत गर्न समय लाग्ने आयोजनाले जनाएको छ । 
‘मुग्लिनदेखि नारायणगढ तर्फ चार किलो भन्ने ठाउँमा सडकको लगभग चार मिटर चौडा भाग ५० मिटर लम्बाइसम्म भासिएका कारण आज सो सडक खण्डमा गाडी चल्न गाह्रै छ,’ नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने । मुग्लिनदेखि जलबिरेसम्म चार ठाउँमा पहिरो गए पनि ती सफा गरेको तर भासिएको सडकको मर्मतका विषयमा अहिल्यै केही भन्न नसकिने उनले बताए ।
‘भाँसिएको यो खण्डले अब लामै समय दुःख दिनसक्ने अवस्था पनि रहन सक्छ । तर हामी चाडैभन्दा चाडै मर्मत गरेर दुई तर्फी रुपमै यातायात चलाउने योजनामा छौं,’ इन्जिनियर खनालले भने । सो सडक क्षेत्रमा हिजो साँझदेखि नै लगातार पानी परेको थियो । नारायणगढ–मुग्लिन सडक विस्तारको काम भइरहेको छ । फराकिलो बनाउन पहाड काटेको ठाउँमा पहिरो गएर पटक पटक दुःख दिने गरेको छ ।
सो सडक खण्ड राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्ग हो । अन्य वैकल्पिक सडकहरु भए पनि सो सडक जस्तो फराकिलो छैनन् । दैनिक १० हजारसम्म गाडीहरु ओहोर दोहोर गर्ने सो सडकमा आवागमन ठप्प हुँदा हज्जारौं यात्रु मर्कामा पर्छन् । सडक निर्माणमा भएको ढिला सुस्ति र पहिरोका कारण यात्रुहरुले सधै हैरानी बेहोरेका छन् ।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad