४ वैशाख २०८१ मंगलबार
खेल

अस्ट्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित

ढाका- बंगलादेशले बुधबार पहिलो टेस्टमा अस्ट्रेलियामाथि २० रनको ऐतिहासिक जित दर्ता गरेको छ । बंगलादेशले टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई पराजित गरेको यो पहिलो पटक हो ।

अलराउन्डर साकिब अल हसनले ८५ रन खर्चंदै ५ विकेट लिएपछि २ सय ६५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया चौथो दिनको दोस्रो सेसनमा २ सय ४४ रनमा सीमित भयो ।

दोस्रो इनिङमा अस्ट्रेलियाका डेविड वार्नरले १ सय १२ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । १९औैं टेस्ट शतक पूरा गरेका वार्नरले १ सय ३५ बल सामना गर्दै १६ चौका र १ छक्का प्रहार गरे ।

पहिलो इनिङमा ८४ रन जोडेका विश्व नम्बर एक टेस्ट अलराउन्डर साकिबले दुई इनिङमा गरी १० विकेट लिए ।

सन् २००६ पछि पहिलो पटक बंगलादेश भ्रमणमा निस्किएको अस्ट्रेलिया विश्व टेस्ट वरीयताको चौथो स्थानमा छ । बंगलादेश नवौं स्थानमा छ ।

१०९–२ बाट चौथो दिनको खेल सुरु गरेको अस्ट्रेलियाले थप १ सय ३५ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो ।

साकिबले वार्नर र कप्तान स्टिभ स्मिथलाई पवेलियनको बाटो देखाएपछि बलियो स्थितिमा भएको अस्ट्रेलियाको इनिङ धर्मराएको थियो । वार्नरलाई एलबिडब्लुको सिकार बनाएका साबिकले स्मिथलाई विकेटकिपर मुस्ताफिजुर रहमानबाट क्याच गराएका थिए । ९९ बल खेलेका स्मिथले ३ चौकाको मद्दतमा ३७ रन जोडे ।

साकिबले १४ रन जोडेका ग्लेन म्याक्सवेललाई दोस्रो सेसनको पहिलो बलमा बोल्ड गरेपछि अस्ट्रेलियाको इनिङ १९८–८ को कठिन स्थितिमा पुगेको थियो ।

त्यसपछि ब्याटिङका लागि आएका पाट कमिङ्सले ५५ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३३ रन जोड्दै अस्ट्रेलियालाई जितनजिक पु¥याएका थिए ।

 तर मेहदी हसनले नाथान लियोन (१२) र स्पिनर तैजुल इस्लामले जोस हाल्जेउडलाई खाता खोल्नै नदिई पवेलियनको बाटो देखाएपछि अस्ट्रेलियाको इनिङ समाप्त भएको थियो ।

‘अस्ट्रेलियालाई पराजित गर्नु ठूलो उपलब्धि हो । सबै खेलाडीले उत्कृष्ट खेले पनि साकिबको प्रदर्शन विशेष रह्यो,’ बंगलादेशका कप्तान मुस्ताफिजुर रहमानले भने, ‘घरेलु मैदानमा हाम्रो प्रदर्शन सधैं एकरूपको हुने गर्दछ । यसअघि इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टमा हामी जितको नजिक थियौं र दोस्रो टेस्टमा जित हासिल ग¥यांै ।’

‘यो महŒवपूर्ण खेल थियो । बंगलादेशले उत्कृष्ट प्रदर्शन ग¥यो र उनीहरू जितका हकदार थिए,’ अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले भने, ‘साकिब र तमिम इकबालले पहिलो इनिङमा गरेको साझेदारीले खेलमा बंगलादेशको पकड बलियो भयो । हामीले पहिलो इनिङमा सम्हालिएर ब्याटिङ गर्न सकेनौं । हामीले खडा गरेको स्कोरमा केही रन थप्न सकेको भए खेलको नतिजा उल्टन सक्थो ।’

दोस्रो टेस्ट सेप्टेम्बर ४ देखि ८ सम्म चित्तागोङमा हुनेछ ।

प्रकाशित: १५ भाद्र २०७४ ०३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App