coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पपुवा न्युगिनीमा भूकम्प

सिड्नी–पपुवा न्युगिनीमा आज ६.४ रिक्टर स्केलको भूक्कप आएको समाचार छ ।     पपुवा न्युगिनीको लोरेङगाउ सहरबाट १२८ किलोमिटर टाढा रहेको यस इलाकामा सो भूकम्पले बढी प्रभावित पारेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

 सो भूकम्पको केन्द्रविन्दु आपपासकै इलाकामा ७.३ किलोमिटर गहिराईमा रहेका सो सस्थाले जानकारी दिएको छ । प्रशान्त महासागरिय सुनामी चेतावनी केन्द्रकाअनसार सो भूकम्पपछि सुनामी आउने कुनै संकेत नभएको हुनाले सुनामीको चेतावनी भने दिइएको छैन ।

 यस भूकम्पपछि मानवीय र सम्पती क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन् । चार हजार किलोमिटर लामो प्रशान्त महासागरिय अष्ट्रेलियाली प्लेटभित्र पर्ने यस द्विप राष्ट्रको भू–सतहदेखि मुनिरहेको त्यस क्षेत्रका टेक्टोनिक प्लेटहरु आपसमा जुधिरहने हँुदा यस क्षेत्रलाई अग्नी चक्रको नामले चिनिन्छ ।  सोही कारण त्यहा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको छ ।

प्रकाशित: १२ श्रावण २०७३ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App