८ वैशाख २०८१ शनिबार
समाज

डमी हाँस र हाँसको खोर देखाएर जिविस कर्मचारीले कुम्ल्याए रकम

सुनौला हजार दिनको सुविधाबाट बञ्चित महेशपुर पतारका लक्षित महिला। तस्विरः मिथिलेश

महेशपुर, पतार (सिरहा)— जिल्लामा विपन्न समुदायका गर्भवती र दुई वर्षमुनिका बच्चाका लागि पोषणलक्षित ‘सुनौला हजार दिन’ कार्यक्रमको बजेट व्यापक भ्रष्टाचार भएको खुलेको छ। जिल्ला विकास समितिको मिलेमतोमा लक्षित समुदायसम्म नपुगीकनै सुविधा वितरण भइसकेको कागज तयार पारी रकम हिनामिना गरिएको हो।

गत वर्ष सिरहाको सीमावर्ती महेशपुर, पत्तारगाउँ–९ का लक्षित समुदायलाई हाँस र हाँसको खोर वितरण गर्ने योजना स्वीकृत भयो। तीन लाख रुपैयाँबराबरको कार्यक्रमका लागि जिविसमार्फत गाविस आएको उक्त रकम वडास्तरीय टोलीको खातामा पुग्यो। तर, लक्षित २० घरधुरीमध्ये सातमा मात्र खोर वितरण गरियो। बाँकी रकम गाविस सचिव र जिविस कर्मचारीको सेटिङमा खल्तीमा हालिएको पाइएको छ।

गाविसले हाँस वितरण नगरीकनै काम सम्पन्न भएको मूल्यांकन गरी जिविसमा पेस्की फछ्र्योटका लागि सिफारिस गरिदियो। फर्जी मूल्यांकन गर्न गाविसका प्राविधिक सहायक शंकरबहादुर बिसी नमानेपछि छिमेकी गाविस लक्ष्मीपुर पतारीका प्राविधिक सहायक रामनारायण मण्डलमार्फत मूल्यांकन गराएको पाइएको छ। ‘फर्जी मूल्यांकन गर्न नमानेकाले गाविस सचिव हरेराम साहले मेरो हाजिरी नै काटिदिए,’ बिसी भन्छन्, ‘अर्को गाविसका प्रासमार्फत मूल्यांकन गराए।’

जिविस लेखा अधिकृत कटुवालले फुर्सद नभएको भन्दै यस विषयमा प्रतिक्रिया दिने मानेनन्। ‘मसँग प्रतिक्रिया दिने फर्सद छैन, जे लेख्नु छ लेख्नुस्,’ उनले भने। 

लक्ष्मीपुर पतारीका प्रास मण्डल आफूले गल्ती गरेको स्वीकार्छन्। ‘मैले जिविस लेखाअधिकृत जयकुमार कटुवालको मौखिक निर्देशनमा यो काम गरेको हुँ,’ उनले भने। 

कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७१/७२ मा २७ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ। त्यस्तै आव ०७२÷७३ मा महेशपुर, पत्तारकै लक्षित समुदायलाई चापाकल वितरण गर्ने योजना स्वीकृत भए पनि वितरण नगरी कर्मचारीले रकम पचाएका छन्।

२७ लाख रुपैयाँको योजनाअन्र्गत प्रत्येक वडामा १५ थानका दरले चापाकल वितरण र गाड्ने योजना थियो। तर, कुनै लाभग्राहीले चापाकल पाएनन्, कागजमा भने उनीहरूले बुझिसकेको उल्लेख  छ । यो मूल्यांकन पनि मण्डलले नै जिविस लेखा अधिकृत कटुवालको निर्देशनमा गरेका हुन् । ‘मैले लेखा सरको आदेशमा फर्जी मूल्यांकन गरेँ,’ उनी भन्छन्।

जिविसदेखि गाविससम्मको सेटिङमा कार्यक्रमको बजेट हिनामिना भएको महेशपुर पत्तारी–९ की लक्ष्य टोली संयोजक खेमसैरदेवी दास (तत्मा) को भनाइले पनि पुष्टि हुन्छ। ‘कोच शिवनाथ यादवले मसँग तीनपटक गरी १ लाख ८९ हजारको चेकमा हस्ताक्षर गराएर रकम झिके’, उनले खुलाइन्, ‘उनले जिल्ला विकासमा हाकिमलाई घुस दिनुपर्छ भनेर ३९ हजारको चेकमा हस्ताक्षर गराए।’

लक्षित टोलीका खातामा रकम आउने गरे पनि त्यसमा कोचको हालीमुहाली हुने गरेको दासको भनाइ छ। ‘गाविस सचिव हरेराम साह कोचले जे भन्छ त्यही नगरे ठिक नहुने भन्दै धम्क्याउँछन्,’ उनले भनिन्, ‘कोचले पैसा निकालेर काम नगर्दा समुदायको निसानाचाहिँ हामी बन्नुपर्छ।’

खाताबाट रकम झिकेर काम नगरेको भन्दै वडा नम्बर ९ कि खाताधारी लक्ष्य टोली सदस्य लक्ष्मी कार्की रावलले असार १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल सम्पर्क कार्यालय इटहरीमा उजुरी नै दर्ता गराएकी छिन्। टोली संयोजक भालसैर दासलाई विपक्षी बनाइएको उजुरीमा १ लाख ६६ हजार रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख छ।

जिविस लेखा अधिकृत कटुवालले फुर्सद नभएको भन्दै यस विषयमा प्रतिक्रिया दिने मानेनन्। ‘मसँग प्रतिक्रिया दिने फर्सद छैन, जे लेख्नु छ लेख्नुस्,’ उनले भने। 

महेशपुर पतारीका कोच शिवनाथ यादव पनि कार्यक्रम सञ्चालनमा बदमासी भएको स्विकार्छन् । ‘धेरै मानिसलाई खुसी पार्नुपर्छ, त्यसैले यस्तो हुन गएको हो,’ उनले भने। यादवले कसैको नाम खुलाउन भने मानेनन्।

खाली चेकमा हस्ताक्षर गराए

कार्यक्रम सञ्चालित पोखरभिन्डा गाविसमा लक्षित समुदायको सुविधा काटेर गैरविपन्न समुदायलाई बाँडिएको छ। कोचले चेकमा हस्ताक्षर गराएर पैसा झिक्ने र आफूखुसी खर्चने गरेको गुनासो लक्ष्यटोलीको छ। कोच अनिताज्योति यादव भए पनि सबै काम उनका पति अमिरी यादवले गर्छन्। यहाँका वडामा गत वर्ष स्वीकृत कार्यक्रमसमेत लक्षित समुदायसम्म पुग्न  पाएन।

डेढ महिनाअघि खाली चेकमा हस्ताक्षर गराउन ल्यायो। मैले रकम उल्लेख नभएको चेकमा हस्ताक्षर गर्दिनँ भनेपछि ७५ हजार भरेर हस्ताक्षर गरायो। हाकिमलाई मिलाउन रकम खर्च हुन्छ रे। खै कहाँ दिन्छ रकम, सबै चुप लागिहाल्छन्।

वडा नम्बर–५ की लक्ष्य टोली संयोजक गीता बर्मा भन्छिन्, ‘कोचले ल्याएको चेकमा हस्ताक्षर गर्नेबाहेक हाम्रो कुनै काम छैन, डेढ महिनाअघि खाली चेकमा हस्ताक्षर गराउन ल्यायो, मैले रकम उल्लेख नभएको चेकमा हस्ताक्षर गर्दिनँ भनेपछि ७५ हजार भरेर हस्ताक्षर गरायो।’ त्यो रकम कोचले कहाँ, कसरी खर्च गर्छ आफूलाई कुनै जानकारी नहुने उनले बताइन्।

‘हाकिमलाई मिलाउन रकम खर्च हुन्छ रे,’ बर्माले भनिन्, ‘खै कहाँ दिन्छ रकम, सबै चुप लागिहाल्छन् ।’

सीतापुर गाविसमा पनि उस्तै बेथिति छ। सीतापुर–९ का धनपैत यादव यो कार्यक्रमको लक्षित समुदायमा पर्दैनन्। तर, यो वडामा एक महिनाअघि वितरण गरिएको हाँसको चल्ला उनले पनि पाए। यस वडाका अधिकतर गैरविपन्न परिवारले त्यो सुविधा लिए। ‘यो वडामा धेरै गैरदलितले हाँसको बच्चा पाए,’ यादव नै भन्छन्, ‘दलित र विपन्नले पाएनन्।’

यो वडामा सदाय (मुसहर) समुदायको बाक्लो बसोबास छ। आर्थिक रूपले विपन्न उनीहरू दिनभर जमिनदारको खेतमा मजदुरी गरेर गुजारा चलाउँछन्। महिलाहरू १८ वर्ष पुग्दानपुग्दै आमा बनिसक्छन्। पोसिलो खानपान र सन्तुलित आहार नपाउँदा उनीहरूमध्ये धेरैमा विभिन्नखाले स्वास्थ्यसमस्या रहेको सीतापुर स्वास्थ्य केन्द्रको तथ्यांक छ।

सुनीता यादव ६ महिनादेखि गर्भवती छिन्। आराम गर्ने फुर्सद छैन उनलाई, अझै पनि हरेक मजदुरीमा निस्किन्छिन्। बस्तीमा हाँसको बच्चा वितरण भए पनि उनले पाइनन्। यद्यपि लाभग्राहीमा उनको नाम भने उल्लेख गरिएको छ। ‘सुविधा पाउनेमा नाम राखे पनि हाँस भने दिएनन्,’ उनले भनिन् ।

रगतको कमीले उनको आँखाको ज्योति कमजोर भएको छ।

सीतापुर स्वास्थ्यचौकीमा जँचाउन जाँदा औषधि त लेखिदिए तर रकम अभावमा किन्न सकेकी छैनन्। चौकीमा निःशुल्क दिने घोषणा गरिएको आइरन चक्कीधरि पाएकी छैनन्। ‘आइरन चक्की माग्न जाँदा सकिएको भन्दै फर्काइदिन्छन्,’ उनले भनिन्, ‘आफैं किनौं भने पैसा छैन।’

यो वडाका करिब २५ घरधुरी सदाय समुदाय सुविधाबाट वञ्चित भएको स्थानीय महेन्द्र सदायले जानकारी दिए। ‘हाम्रा नाममा आएको सुविधा पहुँचवालाले पाए, हामी हे¥याहे¥यै भयौं,’ उनले भने। लक्षित समुदायका गर्भवती र दुई वर्षमुनिका बच्चाले  सुविधा नपाउनुमा कोच दोषी रहेको महेन्द्रको भनाइ छ। ‘कार्यक्रम वितरण गर्दा गाउँका पहुँचवाला मानिसलाई सोधखोज गरिन्छ, हामीलाई कसैले सोध्दैन,’ उनले भने, ‘हामी बोल्दा पछि पाउँछौ भन्दै चुप लगाउँछन्।’

प्रकाशित: १२ श्रावण २०७३ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App