coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चाडबाडलाई मध्येनजर गर्दै यातायातको काउण्टर अनुगमन

दिक्तेलमा यातायात व्यवसायी संघको काउण्टर अनुगमन गर्दै अनुगमन टोली । तस्बिर : दमन राई

खोटाङ – दशैं र तिहार नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित यातायात व्यवसायी संघको काउण्टर अनुगमन गरेको छ । चाडपर्वका समयमा बढ्ने भीडभाडमा बेलामा यात्रुलाई ठगिनबाट जोगाउनका लागि बुधबार प्रशासनले खोटाङ यातायात व्यवसायी संघ, मध्यपहाडी यातायात सेवा समिति, सगरमाथा यातायात सेवा समिति, त्रि–देव यातायात, सगरमाथा यातायात, मारातिका यातायात र रुपाकोट यातायात प्रालिको ६ वटा काउण्टर अनुगमन गरेको हो । 

निर्धारित भाडादर लागू भए/नभएको, रुट पर्मिट लिए/नलिएको, गाडीको अवस्था ठीक भए/नभएको, परिचयपत्रका आधारमा ज्येष्ठ नागरिक र विद्यार्थीलाई छुट दिने गरे/नगरेको लगायतका विषयमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए । यातायात सेवालाई चुस्तदुरुस्त बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारी संयोजकत्वको अनुगमन समितिले बस र जीपको काउण्टर अनुगमन गरेको हो। 

अनुगमनकाक्रममा दिक्तेलको पुरानो बेसक्याम्पबाट जयराम जान लागेको मध्यपहाडीको बा २ ख ६५९६ नम्बरको बस स्टार्ट नभएपछि त्यसलाई रोकेर अर्कै बस पठाइएको छ । सो बस ठेलेर मात्र स्टार्ट भएपछि सहायक प्रजिअ सुवेदीले मध्यपहाडी यातायात समितिका कर्मचारीलाई अर्को बस व्यवस्थाका लागि निर्देशन दिएका थिए। 

 

प्रकाशित: १४ भाद्र २०७४ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App