coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

४८ घण्टामा  ४२ बालकको  मृत्यु

लखनऊ – गोरखपुरको बीआरडी मेडिकल कलेजमा ४८ घण्टाको बीचमा ४२ बालकहरूको मृत्यु भएको छ । 
मृत्तक संख्याबारे जानकारी दिँदै  उक्त मेडिकल कलेजका चिकित्सक पीके सिंहले तीमध्ये ७ बालकको मृत्यु इन्सेफलाइटिस्का कारण भएको बताए। 

बालकहरू ज्यादै  गम्भीर अवस्थामा  पुगेपछि मात्रै अस्पताल पुर्‍याएका कारण उनीहरूलाई बचाउनका कठिन भएको चिकित्सक सिंहले बताए । हाल अस्पतालको आकस्मिक् कक्षमा ३४२ को संख्यामा बिरामी बालकलाई उपचारका क्रममा भर्ना गरिएको जानकारी अस्पताल प्रशासनले दिएको छ।

अस्पतालले उपचारको क्रममा कुनै पनि कन्जुयाँइ नगर्दा समेत बालकहरूलाई बचाउन गाह्रो परेको चिकित्सक सिंहले बताए। 

अगस्ट महिना बालकहरूका लागि एक संवेदनशील महिनाको रूपमा देखा परेको पनि उनले बताए । अस्पतालबाट दिइने अक्सिजन प्रणालीमा समेत कुनै कमी नगरिएको  दाबी अस्पताल प्रशासनको  छ।  

प्रकाशित: १४ भाद्र २०७४ ०९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App