coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय तहको पुर्नसंरचनालाई व्यवहारिक बनाउनु पर्नेमा जाेड

कांग्रेस संसदीय दलकाे कार्यालयमा बसेकाे कांग्रेस-माअाेवादीकाे संयुक्त बैठकमा सहभागी नेताहरू। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–स्थानीय निकायको पुर्नसंरचनालाई व्यवहारिक बनाउन एमाले र मधेसी मोर्चासँग छलफल गर्न कांग्रेस–माओवादी केन्द्र सहमत भएका छन्। बुधबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस–माओवादीको संयुक्त बैठकले स्थानीय तहको पुर्नसंरचनालाई व्यवहारिक बनाउन सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो।  

स्थानीय पुर्नसंरचनाका लागि बनेको आयोगले ५६५ स्थानीय तहको प्रस्ताव गरेको थियो। ‘आयोगले प्राविधिक विषयलाई मात्र केन्द्रमा राखेर सुझाव दिएको छ,’ कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले भने,‘त्यसलाई राजनीतिक रुपमा अझै बढी व्यवहारिक बनाउन एमाले र मधेसी मोर्चासँग छलफल गर्ने बैठकले निर्णय गरेको छ।’ आयोगको सुझावप्रति कांग्रेसले यसअघि नै असन्तुष्टि जनाइसकेको छ।

बैठकमा स्थानीय तहको पुर्नसंरचनालाई वैज्ञानिक र व्यवहारिक बनाउन सबै दलसँग छलफल कांग्रेस नेता कोइरालाले जनाए। यसैगरी बैठकमा नयाँ सरकार गठनलगायतका विषयमा दुई दलबीच छलफल भएको थियो। यसैगरी आगामी चैतसम्मका स्थानीय निकायको निर्वाचन गर्ने गरी सबै दलसँग छलफल गरी सहमति कायम गर्ने सहमति भएको नेताहरुले बताएका छन्।

 

प्रकाशित: १२ श्रावण २०७३ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App