coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अमेरिकी दूतावासको ‘फार्म टु टेबल’

काठमाडौं— नेपालस्थित अमेरिकी राजदूतावासले नेपालको कृषि क्षेत्र र यसको प्रमुख बजारको आर्थिक सम्भाव्यता वृद्धिका लागि अवसर पहिचान गर्ने उद्देश्यले ‘फार्म टु टेबल’ कार्यक्रम आयोजना गरेको छ। 

दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा कृषि व्यापार, खरिदकर्ता, आपूर्तिकर्ता, वित्तीय सेवाप्रदायक तथा किसानको सहभागिता थियो । उनीहरूले नेपाली कृषि क्षेत्रमा स्रोत वृद्धि र क्षमता अभिवृद्धि गर्नका लागि नयाँ सहकार्य, विचार आदानप्रदान र नयाँ उपाय खोजीबारे छलफल गरेका थिए। 

अमेरिकी दूतावासका चार्ज डे अफेयर्स माइकल सि गोन्जालेसले सहभागीलाई स्वागत गर्दै साझेदारीका नयाँ अवसर विस्तार गर्न आग्रह गरे। त्यसैगरी कृषिको सम्भावनालाई अधिकतम गर्दै एउटा बलियो आधार सिर्जना गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।

‘हाम्रो उद्देश्य ‘फार्म टु टेबल’ अवधारणालाई सम्बद्ध सबै सरोकारवालाबीच राखिदिने र नेपालको समग्र कृषि क्षेत्रका मानिसलाई नयाँ उत्पादन र सेवा उपलब्धताबारे प्रोत्साहन गर्ने हो,’ गोन्जालेजले भने, ‘यसखाले कार्यक्रमले कृषि र यसको व्यापार विस्तार र प्रवद्र्धनमा नयाँ सोच, सहकार्य र नौला अवधारणा पत्ता लगाउन मद्दत पुग्ने विश्वास छ ।’ 

 

प्रकाशित: १४ भाद्र २०७४ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App