coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राजपालाई चुनाब जितेर देखाउन माधव नेपालको चुनाैती

माधव नेपाल सहभागी एमालेको कार्यक्रमविरुद्ध प्रदर्शन गर्दै राजपा कार्यकर्ता। तस्विरः सुरेश

जनकपुर— चुनावी अभियानका क्रममा जनकपुर आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रिय जनता पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् । प्रदेश नम्बर २ का बारा, पर्सा र रौतहट जिल्लामा चुनावी कार्यक्रम सिध्याएर जनकपुर युवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका नेपाललाई पिडारी चोकस्थित कार्यक्रमस्थल रहेको पार्टी प्यालेस जाने क्रममा राजपा कार्यकर्ताले अवरोध गरेका हुन्। 

झाडु, कुचो, चप्पल र कालो झन्डासहित विरोधमा उत्रेका राजपाका कार्यकर्ता एमालेको कार्यक्रम बिथोल्न अगाडि सरेपछि प्रहरी–प्रदर्शनकारीबीच पटकपटक झडप भएको थियो । झडपमा राजपाका १८ जना कार्यकर्ता घाइते भएका राजपाका धनुषा अध्यक्ष मण्डलका संयोजक सञ्जय सिंहले बताए। केन्द्रीय अध्यक्ष महन्थ ठाकुरद्वारा प्रकाशित विज्ञप्तिमा ४७ जना घाइते भएको उल्लेख छ।

‘दुनियाँकै सर्वोत्कृष्ट संविधानलाई जबरजस्ती अपमान गर्न पाइँदैन,’ नेपालले भने, ‘मधेसको विपक्षमा भएको भए सबैभन्दा बढी मधेसी एमाले, कांग्रेस र माओवादीमा छ, उनीहरुले संविधान मान्न नसकिने कहाँ भनेका छन् ?’

संविधान संशोधनको मुद्दामा एमाले प्रमुख बाधक रहेकाले उसलाई मधेसमा भोट माग्ने अधिकार नरहेको सिंहको भनाइ छ । ‘मधेसको मुद्दामा विपक्षमा उभिएकाले एमाले नेतालाई मधेस प्रवेशमा अवरोध गरिरहन्छौं,’ उनले भने। 

बाहिर राजपा कार्यकर्ताले विरोध प्रदर्शन गरिरहँदा एमाले नेता नेपालले पिडारी चोकस्थित एक पार्टी प्यालेसभित्र कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेविरुद्ध मधेसमा भ्रम फैलाउने काम भएको बताए। ‘दुनियाँकै सर्वोत्कृष्ट संविधानलाई जबरजस्ती अपमान गर्न पाइँदैन,’ नेपालले भने, ‘मधेसको विपक्षमा भएको भए सबैभन्दा बढी मधेसी एमाले, कांग्रेस र माओवादीमा छ, उनीहरुले संविधान मान्न नसकिने कहाँ भनेका छन् ?’

नेपालले मुलुकको हितविपरीत कुनै पनि संशोधन एमालेलाई मान्य नहुने अडान दोहोर्‍याउँदै राजपालाई चुनाव जितेर संशोधनसम्बन्धी मुद्दाको सामना गर्न चुनौती दिए । कार्यक्रम स्थलमा जाने क्रममा राजपा कार्यकर्ताको कडा विरोधको सामना बेहोर्नुपरेपछि नेपाल आक्रोसित देखिन्थे। प्रहरीले बल प्रयोग गरे पनि प्रदर्शनकारीले बाटो नछाडेपछि एमाले नेता गोकर्ण बिष्टलाई प्रहरी भ्यानमा राखेर बाहिर निकालिएको थियो। माधव नेपाललाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका आधा दर्जन भ्यानबीचमा राख्नुपरेको थियो । कडा सुरक्षाबीच प्रदर्शनकारीले नेता चढेको गाडीमा चप्पल र कुचो प्रहार गरेका थिए। 

दाहाल उत्साही
महोत्तरीमा सात सयभन्दा बढी कार्यकर्तालाई पार्टी प्रवेश गराउन पाउँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल उत्साहित देखिएका थिए । ७ सय १५ जनालाई एउटै मञ्चबाट अबिर लगाएर पार्टी प्रवेश गराएपछि दाहालले पहिलो संविधानसभा निर्वाचनताका पार्टीको पक्षमा देखिएको जनलहर १० वर्षपछि फेरि फर्किन लागेको दाबी गरे । 
जिरोमाइलस्थित होटल सीताशरणमा आयोजित कार्यक्रममा दाहालले संविधान संशोधनको पक्षमा दुईतिहाइ पु¥याउन नसकिए पनि अत्यधिक बहुमत आएको र अगामी दिनमा सम्मानजनक अवस्थामा फेरि संशोधन गरेर संविधानलाई सर्वस्वीकार्य बनाउन सकिने धारणा व्यक्त गरे । ‘मैले दोस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी पाएपछि मधेसको जनप्रतिनिधिको हैसियतले सबैभन्दा बढी मेहनत संविधान संशोधन र राष्ट्रिय एकताका लागि गरेको छु’, दाहालले भने । संक्रमणकालको फाइदा लुट्न मधेस र पहाड दुवै भूगोलमा अतिवादी तŒव मौलाएको बताउँदै दाहालले मधेसलाई पहाडसँग अलग पार्ने र राष्ट्रवादको नाममा मधेसीलाई चिढाउने दुवै प्रवृत्तिलाई साइजमा राख्न माओवादीलाई जिताउन आग्रह गरे ।

प्रकाशित: १४ भाद्र २०७४ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App