काठमाडौं–मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले घाम पावर प्रालिसँगको सहकार्यमा अफ ग्रिड उर्जाको प्रवद्र्धन सुरुवात गरेको छ।
उक्त कार्यक्रम अन्तर्गत हालसम्म बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेको खोटाङ र उदयपुर जिल्लाका दुर्गम गाउँहरुमा सौर्य परियोजनाका माध्यमबाट त्यहाँका स्थानीयबासीलाई उर्जा तथा संचरका लागि मोबाइल सेवा सुनिश्चित गर्नेछ।
सम्झौता अनुसार एनसेलले घाम पावरद्वारा ओखलढ¬ङा र खोटाङमा स्थापना गरिएका तीन सौर्य लघु ग्रिडहरुबाट उत्पादित सौर्य उर्जाको अग्रसरता लिने भएको छ। एनसेलले घाम पावरसँगको सहकार्यले सो क्षेत्रका सथानीय समुदायहरुमा विद्युतीकरणमा योगदान दिनुका साथै स्थानीयलाई आर्थिक र सामाजिक रुपमा फाइदा पुर्याउने पनि विश्वास लिएको छ।
घाम पावरले एसियन डेभलपमेन्ट बैकको एडिबि आर्थिक सहायतामा उक्त क्षेत्रमा सौर्य उर्जा ग्रिडहरु निर्माण गरेको थियो। एडिबिले इनर्जी फर अल प्रोगाम अन्तर्गत उक्त सहयोग गरेको हो। घाम पावरका महाप्रबन्धक अन्जन निरौलाले आफूहरुको सहकार्य जारी रहने भन्दै आगामी दिनहरुमा देशका विभिन्न क्षेत्रमा यस्तो सेवाको विस्तार गर्नु पर्ने बताए।
एनसेलका आइसीटी निर्देशक आन्द्रास पालीले भने, ‘एनसेल एक अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी भएको र नागरिक जिम्मेबारबोधका कारण घाम पावरको सहकार्यका अफ ग्रिड उर्जाकालागि सहकार्य गरेको हो ।’ उनले सबै स्थानीयलाई फाइदा पुग्ने भएकाले एनसेलले उक्त योजनाको अग्रसरता लिने तथा घाम पावरले बाँकी उर्जा स्थानीयलाई घरेलु र अन्य आर्थिक गतिबिधिकालागि वितरण गर्ने बताए।
प्रकाशित: १२ श्रावण २०७३ ०५:५२ बुधबार