४ वैशाख २०८१ मंगलबार
अर्थ

नाडा अटो सोमा स्कोडा सुपर्ब

काठमाडौं– नेपालका लागि स्कोडा कारको आधिकारिक बिक्रेता स्कोडा एमएडब्लुले सुपर्बको तेस्रो पुस्तालाई नाडा अटो सोमा सार्वजनिक गरेको छ । एमएडब्लुले नाडा अटो सोमा दुई हजार सिसीको स्कोडा सुपर्बको ‘स्टाइल’ भेरियन्ट प्रदर्शनीमा राखेको हो ।
स्पेसियस, नविनतम सुरक्षा प्रणाली, आरामदायी फिचर, पावरफुल इन्जिन र ‘सिम्प्ली क्लेभर’ सुविधाले भरिएको सुपर्बले एकपटक फेरि आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा कम्पनीको छ । स्कोडाको नयाँ कार ‘स्पेसियसनेस र प्राक्टिकेबिलिटी’ जस्ता ब्रान्डको मुख्य विशेषताले पूर्ण छ । नयाँ स्कोडा कारमा २.० टिडीआई÷१३२ किलोवाट (१७७ पिएस)को इन्जिन रहेको छ ।
कम्पनीका अनुसार सुपर्बको तेस्रो पुस्ता हालसम्मकै शक्तिशाली भए पनि अत्याधुनिक इन्जिन र सुधारिएको एरोडाइनामिक्सका कारण यसको फ्युल इफिसेन्सी ३० प्रतिशतले बढी छ । स्कोडा सुपर्ब क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, म्याग्नेटिक ब्राउन र बिजनेस ग्रे गरी चार रङमा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य एक करोड १६ लाख तय गरिएको छ ।
‘नयाँ सुपर्ब बार स्कोडा ब्रान्ड डिजाइन र इन्जिनियरिङमा निपूण छ भन्ने तथ्यको बलियो प्रमाण हो । ग्राहकले यसमा अतुलनीय प्रविधि, र अद्वितीय सुरक्षा व्यवस्था र आरामदायी सुविधाको अनुभव गर्न पाउनेछन्,’ स्कोडा एमएडब्लुका चिफ जेनेरल म्यानेजर सुरज मानन्धरले भने ।
स्कोडा एमएडब्लुले सुपर्बमा चार वर्षको अवधि वा एक लाख किलोमिटरसम्म वारेन्टी दिने घोषणाा समेत गरेको छ । यो कारले एनडिटिभी कार अफ द इयर २०१७, प्रिमियम सेडान अफ द इयर २०१७, अटो एक्सप्रेस फेमिलिकार अफ द इयर २०१७, एक्जेक्युटिभ सेडान अफ द इयर २०१७ जस्ता प्रतिष्ठित पुरस्कार जितिसकेको छ ।
नयाँ सुपर्बमा मल्टि–कोलिन ब्रेकसहितको इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, , इलेक्ट्रिोनिक टायर प्रेसर मोनिटरिङ, आठवटा एयर ब्याग, फास्टेनिङ एलर्ट जडान भएको पाँच वटा थ्रि–प्वाइन्ट सिट बल्ट, इलेक्ट्रिोनिक डिफेरेन्सियल लक सुविधा भएको एक्सडिए प्लस जस्ता सुरक्षा व्यवस्था राखिएका छन । यसमा सेग्मेन्टकै सबैभन्दा ठूलो बुट (६२५ लिटर) रहेको छ । यसमा इनबिल्ट रियर भ्यु क्यामेरा मात्र होइन पुरानो शैलीको ह्यान्ड ब्रेकलाई हटाएर अटोमेटिक इलेक्ट्रोमेकानिकल पाकिङ बे्रक जडान गरिएको छ ।
यसमा ६.५ इन्चको टच स्क्रिन समेत रहेको छ । स्कोडाको नयाँ कारमा यात्रालाई आरामदायी बनाउन २९ वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन । पछाडिको सिटमा ट्याब्लेट होल्डर, अगाडि जम्बो बक्स, युएसबी पोर्ट र २३० भोल्टको सकेट पनि रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: १४ भाद्र २०७४ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App