६ वैशाख २०८१ बिहीबार
अर्थ

हिरो मोटोकर्पका नयाँ स्कुटर

काठमाडौं– दुइपांग्रे सवारीको विश्वमै सबैभन्दा ठूलो उत्पादक कम्पनी हिरो मोटोकर्पले नेपाली बजारमा दुइटा नयाँ स्कुटर माइस्ट्रो एज र नयाँ प्लेजर प्रस्तुत गरेको छ । 

माइस्ट्रो एज

कम्पनीका अनुसार नयाँ इन्जिन र च्यासिसमा बनेको माइस्ट्रो एजमा बिएसफोरमा एकसय १०.९ सिसीको एयर–कुल्ड, ४–स्ट्रोक सिंगल सिलिन्डरयुक्त इन्जिन छ । यो स्कुटरमा इ–कोडसहितको चाबी, मोबाइल चार्जिङ पोर्ट, सिट र फ्युल–लिड खोल्ने रिमोट कन्ट्रोल राखिएको छ । त्यस्तै यसमा सर्भिस ड्यु र साइड स्ट्यान्ड इन्डिकेटर, डिजिटल तथा एनालग भएको मिटर कन्सोल, एक्स्टर्नल फ्युल फिलिङ सिस्टम पनि राखिएको छ । यो टेक्नो ब्लु, क्यान्डी ब्लेजिङ र प्यान्थर ब्ल्याक गरी तीन रङमा उपलब्ध छ । यसको मूल्य एक लाख ८१ हजार रुपैयाँ राखिएको छ  ।

न्यू प्लेजर

कम्पनीले आकर्षक नारासँगै ल्याएको प्लेजर स्कुटरले उपभोक्तालाई दिइरहेको सन्तुष्टीकै कारण १० वर्षदेखि बजारमा ग्राहकले मन पराउने स्कुटरको रुपमा स्थान ओगटेको छ । यसमा बिएसफोर एकसय दुई सिसीको एयर–कुल्ड, ४–स्ट्रोक सिंगल सिलिन्डरयुक्त इन्जिन छ ।

कम्पनीका अनुसार यसमा मोबाइल चार्जिङ पोर्ट, साइड स्टयान्ड इन्डिकेटर र बुट लाइटलगायत विविध आकर्षक विशेषता छन् ।  न्यू प्लेजर नयाँ आकर्षक बडी ग्राफिक्ससहित तीन रङहरू फायरी रेड, म्याट ग्रे र सेतोमा उपलब्ध छ । यसको सुरूवाती मूल्य एक लाख ६५ हजार पाँच सय रुपैयाँ रहेको छ ।

प्रकाशित: १४ भाद्र २०७४ ०३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App