coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

महिन्द्राका विभिन्न सवारी साधन अटो सोमा

काठमाडौं– नाडा अटो सोमा महिन्द्रा एन्ड महिन्द्राले आफ्ना सवारी साधनहरूको प्रदर्शनी गरेको छ । कम्पनीले दुइपांग्रे वाहन, निजी सवारी साधन, उच्च क्षमता भएका व्यावसायिक प्रयोजनका लागि आवश्यक साधन, बस र निर्माण कार्यका लागि चाहिने विविध यन्त्र प्रदर्शनीमा राखेको हो ।  

अटो सोको अवसरमा महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्ष सञ्जय जादवले नेपालका उपभोक्तामाझ महिन्द्राका सवारी साधन प्रदर्शन गर्न पाएकामा गौरव अनुभूति भएको बताए । उनले नेपाल महिन्द्राका लागि तीन प्रमुख निर्यात गन्तव्यमध्ये एक भएको जानकारी दिए ।

२५ वर्षदेखिको साझेदार अग्नि इन्कर्पोरेटेड तथा दुगड ब्रदर्श एन्ड सन्सको सहायताका कारण महिन्द्राका सवारी साधनले नेपालमा आफ्नो विशिष्ट स्थान बनाउन सफल भएको उनले बताए ।

अग्नि समूहका व्यवस्थापन निर्देशक क्याबिनेट श्रेष्ठले महिन्द्रासँग मिलेर नेतृत्वदायी उत्पादन उपभोक्तामाझ ल्याउन पाएकोमा खुसी लागेको बताए ।

दुगड ब्रदर्शका उपाध्यक्ष विवेक दुगडले सवारी साधनको महामेला सहितको यस प्रदर्शनीमा महिन्द्रासँग साझेदारी गर्न पाउँदा गौरवान्वित भएको बताए । महिन्द्रासँग मिलेर नेपालको व्यावसायिक तथा निर्माणसम्बन्धी यन्त्र उद्योगका लागि एउटा आकर्षक मूल्य प्रस्ताव तयार गर्ने लक्ष्य राखेको जानकारी दिए ।

महिन्द्राले मेलामा कस्टोमिस्ड एसयुभी प्रदर्शन गरेको छ । यस्तै महिन्द्रा थार– डेब्रेक संस्करण पनि राखिएको छ । यो वाहन विकट भूभागका लागि उपयुक्त हुनेगरी बनाइएको छ । एक वर्षअघि नेपालको बजारमा उपभोक्ताका आवश्यकताप्रति संवेदनशील आकर्षक र साहसी टियुभी तीनसय कस्टोमाइज्ड किटसहित प्रदर्शनी गरिएको छ ।

त्यस्तै प्रदर्शनीमा महिन्द्राका दुइपांग्रे सवारी साधन पनि राखिएको छन् । मेलामा गस्टो आरएसको अनावरण गरिएको थियो । बजारमा प्रवेश गरेको एक वर्ष पूरा भएको अवसर पारी महिन्द्राको अग्रणी उत्पादन मोजो पनि प्रदर्शनीमा राखिएको छ ।

सोही अवसरमा नेपालको बढ्दो परिवहन र निर्माणसम्बन्धी आवश्यकता पूरा गर्न सघाउने उद्देश्यसहित अप्टिमो टिपर र लोडरसहितको अर्थमास्टर पनि प्रदर्शन गरिएको छ ।

 

प्रकाशित: १४ भाद्र २०७४ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App