coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिलारी क्लिन्टन राष्ट्रपतिका लागि पहिलो महिला उमेद्वार

फिलिडेल्फिया–हिलारी क्लिन्टन अमेरिकी इतिहासमै राष्ट्रपति निर्वाचनकालागि पहिलो महिला उमेद्वार बनेकी छन्।मंगलबार डेमोक्रयाटिक पार्टीले क्लिन्टनलाई औपचारिक रुपमा आउँदो राष्ट्रपतिको निर्वाचनकालागि आफ्नो पार्टीका तर्फबाट उमेद्वार घोषणा गरेको हो।

अमेरिकी सहर फिलिडेल्फियामा आयोजित डेमोक्रयाटिक पार्टीको महाधिवेशनले राष्ट्रपतिका अर्का उमेद्वार तथा निकट प्रतिद्वन्द्वी बर्नी स्यान्डरर्सनका समर्थकहरुका विरोधका बाबजुद क्लिन्टनलाई सर्वसम्मतिले औपचारिक रुपमा उमेद्वार घोषणा गरेको हो।

उमेद्वारी घोषणा स्यान्डरर्सन स्वयम्ले क्लिन्टनलाई राष्ट्रपतिको उमेद्वारको रुपमा घोषणा गरेका हुन्। क्लिन्टनले अब यस अघि नै रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उमेद्वार भैसकेको डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछिन्।अमेरिकामा राष्ट्रपतिको निर्वाचन आगामी नोभेम्बरमा हुँदैछ ।

 

प्रकाशित: १२ श्रावण २०७३ ०५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App