coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बिहीबारसम्म कांग्रेसको २ नम्बर प्रदेशमा उम्मेदवार टुंग्याउने

काठमाडौं –सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले बिहीबारसम्ममा प्रदेश नम्बर दुईको उम्मेदवार टुंगो लगाउने भएको छ। पार्टी नेता विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित प्रदेश नम्बर दुईबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले तल्लो तहबाट आएको सिफारीसमाथि सुनुवाइपछि उम्मेदवारको अन्तिम सूची बनाउन लागेका हुन्।

पार्टी महामन्त्री शशांक कोइराला मंगलबार पार्टीको उपत्यका बाहिर गएकालेले बुधबार देखि मात्र कांगेसले उम्मेदवारको अन्तिमसूची बनाउन बनाउने भएको छ। पार्टी केन्द्रीय सदस्य रमेश रिजालले दुई दिनभित्र उम्मेदवारको टुंगो लगाइसक्ने बताए। ‘तलबाट नै सहमति भएर आएकाले धेरै समस्या छैन,’ रिजालले भने, ‘बुधबार र बिहीबारमा मोटामोटी सबै नगरपालिका र गाउँपालिकाको उम्मेदवार टुंगो लाग्छ।’

तल्लो तहबाट सिफारीसमा परेका नेताहरुको कुरा सुनेर सकिएको जानकारी दिंदै अर्की केन्द्रीय सदस्य किरण यादवले भनिन्, ‘नेताहरुको कुरा सुन्ने काम सकियो । भोलि(बुधबार)बाट नाम टुंगो लगाउन सुरु हुन्छ।’

तल देखि नै विवाद रहेको र माथिपनि सहमति जुट्न बाँकी रहेका गाउँपालिका र नगरपालिकाको उम्मेदवार भने कांग्रेसले अन्तिममा मात्र टुंग्याउने रणनीतिक बनाएको छ । ‘सिफारीसमा परेकाहरुको सुनुवाइपछि क–कसलाई उम्मेदावर बनाउने भन्ने मोटामोटी खाका तयार छ,’ एक नेताले भने, ‘सहमति जुट्न नसकेका ठाउँमा अन्तिममा निर्णय हुन्छ ।’

उम्मेदवार छान्ने जिम्मा सभापति शेरबहादुर देउवाले प्रदेश नम्बर दुई कै केन्द्रीय सदस्यका साथै पार्टी महामन्त्री, कोषाध्यक्ष र नेता निधिलाई तोकेका छन् । उनीहरुले उम्मेदावार छनोटका लागि पार्टी जिल्ला सभापति, सांसद् र अन्य नेताहरुसँगसमेत छलफल गरेका थिए । सरकारले प्रदेश नम्बर दुई स्थानीय तहको निर्वाचन असोज २ गतेका लागि तोकिएको छ ।   

प्रकाशित: १३ भाद्र २०७४ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App