७ वैशाख २०८१ शुक्रबार
राजनीति

गाउँपालिकामा कर्मचारी नहुँदा सेवा प्रभावित

पाँचथर-  जनप्रतिनिधि निर्वाचित भईसकेपछि पनि स्थानीय तहमा  कर्मचारी पर्याप्त नहुँदा सेवा प्रभावित भएको छ। गाँउपालिकाकाको कार्यालय, वार्ड सचिव, वार्ड कार्यालयका सचिव तथा विषयगत कार्यालय कर्मचारी पर्याप्त नहुँदा यहाँका सात गाँउपालिकाको काम तिव्र गतिमा अघि बढ्न सकेको छैन।

विषयगत कार्यालयबाट खटाईएका कर्मचारीहरु गाँउपालिकामा पुगेका छैनन्। नीति, बजेट तथा कार्यक्रम बनाउने काम भईरहँदा अधिकांश कार्यालयका कर्मचारी सदरमुकाममै छन् । कार्यक्रम कार्यान्वयनको पूर्व तयारी गर्नु पर्ने बेला कर्मचारीहरु गाँउपालिका छैनन्।

 शिक्षा, कृषि, वन, पशु, सिचाई, खानेपानी, महिला लागयतका कार्यालयवाट कर्मचारीहरुले गाँउमा गएका छैनन् । गएर हाँजिर हुने र पुनः सदरमुकामनै आउने गरेका छन् । योजना तर्जुमाको काम चलिरहदा कार्यालय व्यवस्थापन तथा अन्य तयारी गर्नु पर्ने बेलामा गाँउपालिका रित्तै छन् । सिंहदरबारको अधिकार गाँउमा आएको भनिदै आएपनि अझैसम्म कर्मचारी व्यवस्थापन हुन सकेको छैन। विभिन्न कार्यालयहरुले कर्मचारी खटाएको भनिएपनि कर्मचारीहरुले काम थालिसकेका छैन । गाँउ गएका कर्मचारीहरुले पनि बस्ने कुर्सि समेत नपाएको बताउँदै आएका छन्।

शिक्षकहरुको बजेट गाँउमा गएपनि अधिकृत स्तरीय कर्मचारी गाँउ नपुग्दा दसैँको तवल वितरणमा समस्या हुने देखिएको छ । प्रायः सचिवले दुई वार्ड हेर्नु पर्ने अवस्था छ । नीति, बजेट तथा कार्यक्रम बनाउने बेला गाँउमा विषयगत कार्यालयको उपस्थीति शून्य छ। जनताको बढि उपस्थिती हुने मालपोत कार्यालयको गाँउ जाने कुनै सुरसार देखिएको छैन ।

‘कार्यकारी अधिकृत र लेखापालपनि सरुवा गरेर गए रे। अरु कर्मचारी पनि छैनन् । सिडिओलाई भनेको थिएँ उनको पनि सरुवा भयो। कर्मचारी नआउँदा नीति तथा कार्यक्रम बनाउनै समस्या छ । जनतालेपनि राम्रो सेवा पाउन सकेका छैनन्’ फाल्गुनन्द गाँउपालिकाका प्रमुख अमर नेम्वाङले नगारिकसँग भने ‘यस्तै अवस्था रहयो भने कसरी काम हुन्छ । जनतालाई सुविधा दिनलाई कठिनाई भईसक्यो। गाँउपालिकाले पाएका अधिकार कार्यान्वयन गर्नका लागि सवै निकायको उपस्थती हुनु पर्ने हो भएको छैन ।’

कुम्मायक गाउँपालिकमा पनि उस्तै छ । कार्यकारी अधिकृत र लेखापालप्रति सन्तुष्ट छैनन् । वार्ड देखि बनाउनुपर्ने नीति तथा कार्यक्रमको सुरुवातनै हुन नसकेको वार्ड न. १ का अध्यक्ष देवेन्द्र लावती बताए। कार्यलयमा नासुलाई कार्यकारी अधिकृत बनाइएको छ भने एक जना लेखापाल छन् । अन्य कार्यालयका कर्मचारीले काम अघि बढाउन सकेका छैनन । याङवरक, फालेलुङ, हिलिहाङ, मिक्लाजुङ गाँउपालिकामानी उस्तै समस्या छ । दुर्गममा विषयगत कार्यालयका कर्मचारी पुगेका छैन । अन्य कार्यालयका एकदुई जना कर्मचारी आएपनि शिक्षाका सम्पर्कमा नआएको याङवरक गाँउपालिकाका प्रमुख लेखनाथ घिमिरे बताउँछन् । शिक्षकहरुको तलव दिने बेला भईसक्दा पनि कोहि सम्पर्कमा नरहेको उनले जनकारी दिए ।

प्रसासनिक, सेवा, सिफारीस लगायतका काम प्रभावित छन् । विकासे अड्डाले दिने सेवा गाँउपालिकाबाट सुरु हुनै सकेको छैन । न्यूनतम कर्मचारी नहुँदा काम गर्न कठिनाई भएको तुमेवा गाँउपालिकाका प्रमुख होम थापाले बताए । पर्याप्त कर्मचारी, ऐन तथा अधिकार गाँउपालिका लागि दिनु आवश्यक रहेको उनको भनाई छ । थोरै कर्मचारी भएकाले जनताले अपेक्षीत सुविधा दिन नसकिएको उनको भनाई छ ।

प्रकाशित: १३ भाद्र २०७४ १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App