coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा

रत्ननगर (चितवन)—वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका ३६ वर्षीय परशुराम सापकोटा र उनकी श्रीमती कल्पनाको मृत्युपछि परिवार शोकमा डुबेको छ।

अकस्मात् छोरा बुहारीको निधनले परशुरामकी आमा मिसकुमारी सापकोटा अचेत हुनुहुन्छ भने उनका अन्य परिवार शोकमा परेका छन्।

परशुराम दुई वर्षअघि तथा कल्पना तीन वर्षअघि दुबई काम गर्न गएका थिए। कल्पना जुस उत्पादन कम्पनीमा काम गर्दै आएकी थिइन्। उनीहरु आफ्नै कोठामा शनिबार मृत फेला परेको खबर आएको बुबा मोती सापकोटाले बताए।

परशुराम झुण्डिएको अवस्थामा फेला परेका थिए। कल्पना घाँटीमा गम्भीर चोट भएको अवस्थामा मृत फेला परेका थिइन्। उनीहरुका १० र १४ वर्षका दुई छोरा रहका छन्। रासस

प्रकाशित: १३ भाद्र २०७४ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App