coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको मिसाइल परीक्षणपछि ट्रम्प र आबेबीच टेलिफोन वार्ता

टोकियो— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच करिब ४० मिनेट लामो फोन वार्ता भएको छ।

उत्तर कोरियाले जापानलाई लक्षित गरी मिसाइल परीक्षण गरे पश्चात् दुई नेताबीच फोनवार्ता भएको हो। करिब ४० मिनेट लामो फोनवार्ता पश्चात् उत्तर कोरियाको विषयमा छलफल गर्नका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बोलाउने निष्कर्षमा दुवैमा नेता पुगेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफू सधैँ जापानलाई सहयोग गर्न तत्पर रहेको समेत वार्ताको क्रममा बताएका थिए। उनले अमेरिका सधैँ जापानको पक्षमा रहेको जनाएका थिए।

मंगलबार बिहानै उत्तर कोरियाले परीक्षण गरेको मिसाईल जापानको समुन्द्र सतहमा खसेको थियो। मिसाईल जापानको उत्तरी क्षेत्रमा पर्ने टापु हकाइदोको करिब ३००० किलोमिटरको उचाई सम्म पुगेर समुन्द्रमा खसेको थियो।

प्रधानमन्त्री आबेले उत्तर कोरियाको यस गतिविधिमा चर्काे निन्दा गर्दै सरकार सदैव नागरिक सुरक्षाको पक्षमा प्रयासरत रहेको बताइसकेका छन्।

उत्तर कोरियाले गरेको मिसाईल परीक्षण जापानी आकाशमा पुगेको पछिल्लो ८ वर्षमा यो पहिलो पटक हो। उत्तर कोरियाले केही दिनअघि मात्रै अमेरिका माथि मार हान्न सक्ने अन्तर महादेशीय व्यालेस्टिक मिसाईल सफल रूपमा परीक्षण गरिसकेको छ।

प्रकाशित: १३ भाद्र २०७४ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App