रोजगारीका लागि साउदी पुगेका राईको शव बाकसमा गाउँ फर्कियो

मङ्गलबार, १३ भदौ २०७४, १६ : २४ दमन राई

खोटाङ— सम्पत्ती कमाएर ल्याउने सपनामा बिदेसिएका आफन्तको शव बाकसमा घर आइपुग्दा खोटाङको लामीडाँडा गाउँपालिका–३ चिउरीबास गाउँ शोकमा डुबेको छ। सम्पत्ती कमाउने र परिवारलाई सुख शयलकासाथ पाल्ने सपनामा साउदीअरब पुगेका दलबहादुर राई बाकसमा मृत ल्याइपु¥याइँदा सिंगो गाउँ शोकमा डुबेको हो। सुतेकै ठाउँमा साउन २८ गते मृत फेलापरेका राईको शव मंगलबार गाउँमा ल्याएर बाहिङ राई संस्कार अनुशार दाहसंस्कार गरिएको छ।

रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल अस्पतालचोकका बालकृष्ण बस्नेतको शव बाकसमा ल्याइएको दुई हप्तापछि दलबहादुरको शव पनि बाकसमा घर आइपुगेको हो। संयोगवस बालकृष्णको शव घर ल्याइएकै दिन दलबहादुरको मृत्यु भएको थियो।

झोलाभरी सम्पत्ती ल्याउने सपना बोकेर विदेसिएका दलबहादुर बाकसमा मृत आइपुग्दा परिवार र आफन्त शोकमा डुवेको स्थानीय खेमराज देउसालीले बताए। दलबहादुरको शव सोमबार राती ८ बजे नेपाल ल्याइएको हो। केही वर्षअघि साउदी पुगेका राई ६ महिनाअघि छुट्टीमा आएर पुःन साउदी फर्किएका थिए। दिउँसो सकुशल ड्यूटीमा गएर साँझ फर्किएपछि सुतेका राई ओछ्यानमै मृत फेला परेको आफन्तको भनाई छ। उनका एक छोरा र एक नावालिका छोरी छन्। दलबहादुरको मृत्यु भएको पाँच दिनपछि छोरी जन्मिएकी हुन्।

रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल अस्पतालचोकका बालकृष्ण बस्नेतको शव बाकसमा ल्याइएको दुई हप्तापछि दलबहादुरको शव पनि बाकसमा घर आइपुगेको हो। संयोगवस बालकृष्णको शव घर ल्याइएकै दिन दलबहादुरको मृत्यु भएको थियो। ग्याँस प्लान्टमा काम गर्नेक्रममा ग्याँसको बिकार डिस्पोज गर्नेक्रममा लिक भएर निस्किएको गन्धको अशरले गत असार ३ गते ज्यान गुमाएका बालकृष्णको शव साउन २८ गते घर ल्याइएको थियो। मृतक बस्नेतका ८४ वर्षका आमा रुजुमायाँ बस्नेत, श्रीमती र एक छोरा छन्।







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad