coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फेवाताल अतिक्रमण निन्दनीयः नेफेज

काठमाडौं—हालै सार्वजनिक भएको कास्कीको फेवातालको जग्गा अतिक्रमण छानबिनको अध्ययन प्रतिवेदन र त्यस सबन्धमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले ध्यानाकर्षण भएको जनाएको छ।

ताल आसपासको हजारौँ रोपनी जग्गा अतिक्रमण भई व्यक्तिका नाममा दर्ता हुने तथा त्यही अतिक्रमित क्षेत्रमा बिना स्वीकृति नीजि होटलका संरचना बनाउने काम भइरहेको नेफेजका अध्यक्ष अर्जुन ढकालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

जग्गा अतिक्रमणमा निजी व्यवसायी र राजनीतिक दलका नेता नै संलग्न भएको खबर सार्वजनिक हुनु निन्दनीय भएको नेफेजको विज्ञप्तिमा उल्लेख छ। सन् १९६० मा करिब १० वर्ग किमी क्षेत्रफल भएको ताल क्षेत्र सन् २००७ को सर्भेअनुसार ४.२ वर्ग किमीमा खुम्चिएको तथ्यांक छ।

एकातिर अतिक्रमण अर्कोतिर यसको जलाधार क्षेत्रमा अनियन्त्रित तरिकाले सडक निर्माण गर्दा माटो बगेर ताल पुरिँदैप्रति नेफेजले चिन्ता प्रकट गरेको छ। नेफेजले फेवाताललाई पुरानै अवस्थामा फर्काउन अतिक्रमण भएको सबै जग्गाहरुको तुरुन्त दर्ता खारेजी गरी यहाँ बनाइएका स्थायी संरचनाहरुलाई तुरुन्तै हटाउन सम्बन्धित पक्षसँग माग गरेको छ।

साथै यसको जलाधार क्षेत्रको दिगो भू–व्यवस्थापनका लागि प्रभावकारी कानूनी तथा संस्थागत संरचनाको व्यवस्था गर्न पनि सरकार, पोखरा लेखनाथ महानगरपालिका सरोकारवालालगायत सबै जिम्मेवार निकायसँग माग गरिएको छ। रासस

प्रकाशित: १३ भाद्र २०७४ ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App