७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण सकारात्मक:  राज्यमन्त्री विष्ट

भक्तपुर- सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकारात्मक भएको दावी गरेका छन्। भारत भ्रमणका विषयमा विपक्षी दलका नेताहरुले विरोधको नाममा विरोध मात्रै गरेको उनको भनाई छ। 

रफत सञ्चार क्लबले मंगलबार भक्तपुरमा गरेको साक्षात्कारमा विष्टले प्रधानमन्त्री देउवाले भारत भ्रमणका बेला नेपालकोतर्फबाट स्पष्ट धारणा राखेको बताए । विष्टले प्रधानमन्त्रीको भ्रमणका बिषयमा टिकाटिप्पणी र आलोचना गर्नुमा कुनै तुक नभएको बताए।

आबश्यकता र माग अनुसार संविधान संशोधन गर्न सकिने राजनीतिक दलहरुबीच सहमति भएका कारण यसमा विवाद गर्न जरुरी नदेखिएको उनको भनाई छ । उनले प्रदेश नं २ मा हुन लागेको तेस्रो चरणको निर्वाचनका लागि सरकारले तयारी पुरा गरिसकेको बताए । राजपा लगायतका सबै दलहरुले निर्वाचन आयोगमा दल दर्ता गरिसकेकोले पनि निर्वाचन नहुनेबारे शंका नगर्न उनले आग्रह गरे।

 

 

प्रकाशित: १३ भाद्र २०७४ ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App