७ वैशाख २०८१ शुक्रबार
खेल

मञ्च र साहसबीच सम्झौता

काठमाडौं- यसै महिनाको अन्त्यमा हुने पल्सर स्पोर्ट्स अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र साहस स्पोटर्सबीच सहप्रायोजन सम्झौता भएको छ सम्झौतापत्रमा मञ्चका अध्यक्ष महेश आचार्य र साहस स्पोटर्सका प्रबन्ध निर्देशक जनक न्यौपानेले सोमबार हस्ताक्षर गरे ।

मञ्चले प्रत्येक वर्ष गर्दै आएको अवार्डको भदौ २६ मा हुने १४औं संस्करणका लागि भएको सम्झौताअनुसार साहस स्पोटर््सले ३ लाख रुपैयाँबराबरको खेल पोशाक उपलब्ध गराउनेछ ।

साहस स्पोर्ट्सका प्रबन्ध निर्देशक जनक न्यौपानेले राष्ट्रिय अवार्डको मान्यता प्राप्त कार्यक्रममा सहकार्य गर्न पाउनु ठूलो उपलब्धि भएको बताए ।

‘खेलकुद सबैलाई एकतामा बाँध्ने माध्यम हो र हामी मञ्चसँग जोडिन पाउँदा धेरै खुसी छांै’, प्रबन्ध निर्देशक न्यौपानेले भने, ‘यो सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाउनेछ ।’

मञ्चका अध्यक्ष आचार्यले साहस स्पोटर््सलाई सह प्रायोजकका रूपमा पाएकोमा खुसी व्यक्त गरे । ‘अवार्डका लागि साहस स्पोर्ट्सलाई सहप्रायोकका रूपमा पाउँदा हामीलाई हौसला मिलेको छ,’ उनले भने ।

प्रकाशित: १३ भाद्र २०७४ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App