६ वैशाख २०८१ बिहीबार
समाज

गहना पसलबाट २६ तोला सुन चोरी

नुवाकोट— नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको वडा नं. ६ समुन्द्रटारमा रहेको सुनचाँदी पसलबाट २६ तोला सुन चोरी भएको छ। विदुर नगरपालिका वडा नम्बर २ का रामशरण गहतराजले समुन्द्रटारका तिलकमान डंगोलको घरबाट सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए। २६ तोला सुनसहित पसलमा रहेको आधा किलो चाँदी र एक लाख रुपैयाँ समेत चोरी भएको छ।

गहतराज साउन २९ गते पसल बन्द गरेर श्रीमतीको उपचारको लागि काठमाडौँ गएका थिए। सोमबार पसल खोल्दा पसल रहेको सुन चाँदी र पैसा नभए पछि प्रहरी चौकी समुन्द्रटारमा जानकारी गराएका थिए।

सुनचादी पसलमा चोरी भएको जानकारी प्राप्त हुने बित्तिकै शंका लागेको व्यक्तिहरुको खोजी कार्य सुरु गरेको इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक कृष्णबहादुर विष्टले जानकारी दिए।

      

प्रकाशित: १२ भाद्र २०७४ १४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App