coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर २ को चुनावी अभियानमा एमाले

वीरगन्ज- मधेस आन्दोलनमा आन्दोलनरत पक्षबाट सबभन्दा बढी अपजस खपेको पार्टी नेकपा एमाले अहिले तेस्रो चरणको स्थानीय तह निर्वाचनमार्फत प्रदेश २ मा पार्टीलाई बलियो बनाउन बिभिन्न तवरमा प्रयास जारी राखेको छ। पार्टी उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा एउटा केन्द्रीय नेताहरुको टोली वीरगन्जसंगै पर्सा, बारा र रौतहट जिल्ला केन्द्रीत बैठकहरुमा ब्यस्त छ। यसै क्रममा पार्टीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सोमबार एक दिनमैं पर्साका चार वटा कार्यक्रममा सहभागि भएका छन् ।

बिहान उनले वीरगन्ज माहानगर वडा नम्बर १३ मा घरदौलो कार्यक्रममा मतदाताको दौलोमा पुगेका थिए । १० बजे अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पर्साको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा प्रमुख अतिथी बनेर नेता नेपाल उपस्थित भए। रामगढवास्थित पार्टी कार्यालयमा राखिएको कार्यक्रम लगतै नेपाल बुद्दिजीवी परिषद पर्साको एक दिवसिय भेलामा नेता नेपालले नेकपा एमालेलाई वीरगञ्ज महानगरमा मात्र नभइ प्रदेश नम्बर २ मै पहिलो पार्टीको रुपमा स्थापित गर्ने दावी गरे । एमालेलाई जिताउन आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्न उनले बुद्धिजिविहरुलाई निर्देशन दिएका थिए । भेलामा वीरगन्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार बसुरुद्दिन अंसारी, उपमेयरकी उम्मेदवार सोफिया आचार्य, जिल्ला इन्चार्ज एवं सांसद रामचन्द्र साह लगायतको सउहभागिता थियो।

मध्यान्न पार्टीले क्षेत्र नम्बर ४ को देउरियामा राखेको पार्टी प्रवेस कार्यक्रम तथा आमसभालाई सम्बोधन गर्दै नेता नेपाल मधेस बिरोधी पार्टी नभएको दावी गर्दै यस्तो भ्रमलाई चिरेर अगाडी बढ्न अह्वान गरे । यता गौतमको नेतृत्वमा आएको केन्द्रीय नेताहरुको टोली भने पर्सा, बारा र रौतहटमा वीरगन्जलाई केन्द्र बनाई अभियान चलाईरहेको प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारीले बताए । टोलीमा नेताहरु विष्णु पौडेल, इश्वर पोखरेल, नागेन्द्र चौधरी र सत्यनारायण मण्डल लगायत सामेल छन् । 

प्रकाशित: १२ भाद्र २०७४ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App