७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बलात्कारी ठहर धर्मगुरू राम रहिमलाई १० वर्ष जेल

नयाँ दिल्ली – बलात्कारी ठहर गरिएका भारतको हरियाणका धर्मगुरू गुरूमित राम रहिम सिंहलाई सोमबार अदालतले १० वर्ष जेल सजायको फैसला  गरेको छ । 
दुवै पक्षका व्यक्तिहरूलाई १० मिनेट बोल्नका लागि समय दिएपश्चात् वकिल जगदित सिंह चाँपर उनीमाथि १० वर्षको जेल सजाय हुने फैसला गरेका थिए ।  
अदालतले सिंहलाई दोषी फैसला गरे पश्चात्  उनका समर्थकहरूले  हिंस्रक प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा ३६ जनाको मृत्यु भएको थियो । 
उनीबारे कार्वाहीको फैसला गर्ने क्रममा हरियाण सरकारले व्यापक मात्रामा सैनिक  तथा अर्धसैनिक समेत परिचालन गरेको थियो ।  हरियाण क्षेत्रलाई संकटग्रस्त क्षेत्रका रूपमा घोषणा गर्दै त्यहाँका   बिद्यालय तथा  इन्टरनेट सेवा समेत बन्द गरिएको छ । 
हरियाणा राज्यको पञ्चकुला सहरमा सिंहका हजारौ समर्थकहरूले अदालतका फैसलाको विरूद्धमा प्रदर्शनका क्रममा स्थानीय टेलिभिजनका गाडीहरू,सार्वजनिक यातायातका साधनहरू,तथा विभिन्न सरकारी तथा गैरसरकारी भवनहरूमा तोडफोड गरेका थिए। 
शुक्रबार अदालतको फैसलासँगै भएको प्रदर्शन पश्चात् हिंसा थप बढ्न नदिनका लागि सरकारले उच्च सतर्कता अपनाउदै आएको थियो। 
दुई महिलाहरू माथि बलात्कार गरेको आरोपमा शुक्रबार सिंहलाई अदालतले दोषी ठहर गरेको थियो । उनी विरूद्धको प्रदर्शनका क्रममा ५० सुरक्षाकर्मीहरू सहित २०० जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका थिए । 
सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई ताकेरै गोली चलाएको आरोप प्रदर्शनकारीहरूले उनीहरू माथि लगाएका थिए । 
विश्वभरि नै करिब ६ करोड समर्थक रहेका ५० वर्षिया धर्मगुरू गुरमित विश्व प्रख्यात धर्मगुरू हुन् ।

 

 

 

प्रकाशित: १२ भाद्र २०७४ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App