७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बलात्कारी ठहर धर्मगुरुलाई आजीवन जेल सजाय हुनसक्ने

नयाँ दिल्ली – अदालतले बलात्कारी ठहर गरेका भारतको हरियाणका धर्मगुरू गुरूमित राम रहिम सिंहलाई आजीवन जेल सजायको फैसला हुनसक्ने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। अदालतले सिंहलाई दोषी फैसला गरे पश्चात्  उनका समर्थकहरूले अदालतको निर्णयविरूद्ध हिंस्रक प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा ३६ जनाको मृत्यु भएको थियो।

उनीबारे कारवाही फैसला गर्ने क्रममा हरियाण सरकारले व्यापक सैनिक, अर्धसैनिक बल परिचालन गरेको छ। हरियाणा क्षेत्रलाई संकटग्रस्त क्षेत्रका रूपमा घोषणा समेत गरिएको छ। हरियाणका बिद्यालय बन्द गरिएका छन्। इन्टरनेट सेवा ठप्प पारिएको छ।

हरियाणा राज्यको पञ्चकुला सहरमा सिंहका हजारौ समर्थकहरूले अदालतका फैसलाविरूद्धमा प्रदर्शन गरेका थिए। उनीहरुले स्थानीय टेलिभिजनका सवारी साधन, सार्वजनिक यातायातका साधन तथा विभिन्न सरकारी तथा गैरसरकारी भवनहरूमा तोडफोड गरेका थिए।

शुक्रबार अदालतको फैसलासँगै भएको प्रदर्शन पश्चात हिंसा थप बढ्न नदिनका लागि सरकारले उच्च सतर्कता अपनाउँदै आएको छ।
दुई महिलामाथि बलात्कार गरेको आरोपमा शुक्रबार सिंहलाई अदालतले दोषी ठहर गरेको थियो। उनी विरूद्धको प्रदर्शनका क्रममा ५० सुरक्षाकर्मीहरू सहित २०० जना घाइते भएका थिए।

सुरक्षाकर्मीहरूले प्रदर्शनकारीलाई ताकेरै गोली चलाएको आरोप प्रदर्शनकारीहरूले लगाएका थिए। ५० वर्षीय धर्मगुरु रहिमका विश्वभरि करिब ५ करोड समर्थक रहेको विश्वास गरिन्छ।

प्रकाशित: १२ भाद्र २०७४ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App