५ वैशाख २०८१ बुधबार
खेल

सन्दीपको सट्टा दीपेन्द्रको कप्तानी

काठमाडौं- मलेसियामा हुने यु–१९ एसिसी एसिया कपको पूर्वीक्षेत्रको छनोट प्रतियोगितामा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन्। अलराउन्डर दीपेन्द्रसिंहले सन्दीप लामिछानेलाई प्रतिस्थापन गरेका हुन्।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ टोलीका प्रशिक्षक विनोद दास सम्मिलित छनोट समितिले आइतबार दीपेन्द्रसिंहको कप्तानीमा १४ सदस्सीय टोली सार्वजनिक गरिएको छ। सन्दीपको कप्तानीमा नेपालले गत डिसेम्बरमा भएको यु–१९ एसिया कप र आइसिसी यु–१९ विश्वकपको एसियाली छनोट प्रतियोगितामा सफलता हात पार्न सकेको थिएन।

यु–१६ टोलीका पूर्वकप्तान सुमित महर्जन, अलराउन्डर सन्दीप जोरा, लेग स्पिनर विक्रमकुमार भुसाल र तीव्र गतिका बलर नन्दन यादव टोलीमा समेटिएका छन्। उनीहरूले ब्याट्सम्यान आदिल खान, विकेटकिपर प्रकाश केसी, तीव्र गतिका बलर रिजन ढकाल, बायाँ हाते स्पिनर ललितनारायण राजवंशीलाई प्रतिस्थापन गरेका हुन्।

सेप्टेम्बर ८ बाट मलेसिया हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालले समूहमा सिंगापुर थाइल्यान्ड र भुटानसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै समूह ‘बी’मा मलेसिया, हङकङ, चीन र म्यानम्यार छन्। दवबै समूहका शीर्ष दुईले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल्ने दुई टोलीले एसिसी यु–१९ एसिया कपमा स्थान बनाउनेछन्।

नेपाली टोलीः– दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार शाह, पवन सर्राफ, रोहितकुमार पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादव, विक्रमकुमार भुसाल, सन्दीप जोरा र सुमित महर्जन।

वैकल्पिक खेलाडी : – कमलसिंह ऐरी, ललित राजवंशी, प्रकास केसी, रिजन ढकाल।

प्रकाशित: १२ भाद्र २०७४ ०५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App