७ वैशाख २०८१ शुक्रबार
राजनीति

सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि संसदीय सुनुवाइ सुरु

प्रस्तावित न्यायाधीश दिपक कुमार कार्की। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइ सुरु भएको छ। आज विहानबाट सिंहदरबारमा सुनुवाइ सुरु भएको हो।

सर्वोच्च अदालतको स्थायी न्यायाधीशको लागि न्यायपरिषदले गत फागुनमा ११ जनालाई सिफारिस गरेको थियो।

पुनरावेदन अदालतका मुख्य न्यायाधीश र बरिष्ठ कानुन ब्यवसायीबाट न्यायाधीशमा सिफारिस गरेको थियो। कानुन ब्यवासायीबाट हरिकृष्ण कार्की, अनिल सिन्हा, सपना प्रधान मल्ल, प्रकाश राउत लगायत छन्।

यस अघि पनि प्रधानन्यायाधीशको सुनुवाइ लगत्तै न्यायाधीशहरुको सुनुवाइ गर्ने भनिए पनि समितिका सभापति अस्वस्थ भएपछि सुनुवाइ रोकिएको थियो। लामो समयदेखि न्यायाधीश रिक्त रहेको सर्वोच्च अदालतमा छिटो न्यायाधीश न्युक्त गरिदिन प्रधानन्यायाधीश शुसीला कार्कीले समितिलाई अनुरोध गरेकी थिइन्।

यस अघि दलहरुको विवदका कारण नियमावली नहुँदा न्यायाधीशमा सिफारिस भए पनि उनीहरुको सुनुवाइ हुन सकेको थिएन।

प्रकाशित: १२ श्रावण २०७३ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App