८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

राजधानीमै स्क्रव टाइफस व्यापक

काठमाडौं- बितेका वर्षहरूमा उपत्यकाबाहिर फैलिएको स्क्रव टाइफस यो वर्ष काठमाडौं उपत्यकामासमेत व्यापक देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। राजधानीका विभिन्न अस्पतालबाट परीक्षण गर्न लयाइएका रगतका नमुनाका मध्ये शुक्रबारसम्ममा ५८ जनामा स्क्रव टाइफस प्रमाणित भइसकेको अस्पतालले जनाएको छ।

झाडीक्षेत्रमा मुसाको रगत चुसेर जिउने 'माइट'नामक परजीविको माध्यमबाट मानिसमा सर्ने रोगलाई स्क्रव टाइफस भनिन्छ। झाडीहरूमा रहने यो परजीविभित्र हुने 'ओरेन्सिया सुसुगामोसी' नामक जिवाणुको शरीरभित्र प्रवेश गरेमा व्यक्तिमा यो रोगको संक्रमण हुन्छ।

'राजधानीका विभिन्न अस्पतालमा बिरामी पुगेका छन्। सबै अस्पतालमा परीक्षण गर्न यही अस्पताल पठाउँदा रोग प्रमाणित भएको हो,' अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुुर पुनले भने।

यो महिनासम्ममा अस्पतालमा आएका मध्ये १५ जना बिरामीमा स्क्रव टाइफस प्रमाणित भइसकेको छ। अस्पतालमा तीन जना स्क्रवटाइपस संक्रमित बाबाललिका भर्ना भएका छन्। काठमाडौं बालाजुकी नमिता थापा (नामथर परिवर्तन) कडा ज्वरोले थलिएपछि यो अस्पताल पुगेकी थिइन्। सोही अस्पतालमा धादिङ थाप्रेका १३ वर्षीय विकास पण्डित तीन दिनदेखि नै उपचारर्थ छन्। उनमा पनि स्क्रव टाइफस प्रमाणित भएको छ। उनको परिवारले दिएको जानकारी अनुसार उनीहरू टहरामा बस्दै आएका छन् र टहरामा मुसाको आवतजावत छ। अस्पतालमै भर्ना भएकी नुवाकोट ककनीकी ९ वर्षीया मुनिका थापामा पनि स्क्रव टाइफस प्रमाणित भएको चिकित्सकले जनाएका छन्। थापा परिवार पनि भुकम्पले घर भत्काएपछि टहारमा बस्दै आएका छन्।

अस्पतालमा उपचार गर्न आउनेमा धेरैजसो बालबालिका भएको अस्पतालका बालरोग विशेषज्ञ डा. सुमित अग्रवालले बताए। किन बालबालिकामा बढी देखियो भन्ने बारेमा यकिन भन्न नसकने उनले बताए। 'बालबालिका झाडी या कुनामा खेल्न जाने क्रममा हुन सक्छ,' उनले भने। उपचार गर्न आएका मध्ये ८ जना बालबालिका मात्र छन्।

नेपालमा पहिल्यैदेखि स्क्रव टाइफस रहे पनि परीक्षणबिना नै उपचार गर्ने अभ्यासले यस अघि यतिका संख्यामा नदेखएिको डा.पुनले बताए। सन् २००४ मा पाटन अस्पतालले गरेको अनुसन्धानले राजधानीमा स्क्रव टाइफस रहेको प्रतिवेदन थियो। टाइफाइडकै जस्तै लक्षण देखिने यो रोगमा टाइफडकै औषधि चलाएपछि बिरामी निको हुने गरेकोले बितेका वर्षहरूमा स्क्रव टाइफसको प्रमाणित हुन नसकेको चिकित्सकको दाबी छ।

प्रकाशित: १२ भाद्र २०७४ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App