coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजपामा उम्मेदवार चयन गर्न उच्चस्तरीय समिति

काठमाडौं- स्थानीय तहको तेस्रो चरणको चुनावमा होमिएको राष्ट्रिय जनता पार्टी नेपाललाई उम्मेदवार छान्न ठूलै  सकस परेको छ। दुई नम्बर प्रदेशका एक सय ३६ स्थानीय तहमा शीर्ष तहका नेताहरू नै आकांक्षी देखिएपछि उम्मेदवार चयनमा समस्या परेको हो। एउटै तहमा र पदमा तीन/चारजनासम्म पदाधिकारीले आकांक्षा राखेका छन्।

दुई नम्बर प्रदेशका एक सय ३६ स्थानीय तहमा उम्मेदवार बन्न शीर्ष तहका नेताहरूले आकांक्षी छन्। एउटा तहमा र पदमा चारजनासम्म पदाधिकारीले आकांक्षा राखेका छन्।

उम्मेदवारको टुंगो लगाउन अध्यक्ष मण्डलले आइतबार आठवटै जिल्लामा ६/६ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। बारामा सरोज यादव, रौतहटमा गोविन्द चौधरी, धनुषामा वृषेशचन्द्र लाल, सिरहामा सेवकीदेवी दास, सप्तरीमा मृगेन्द्रकुमार सिंह, सर्लाहीमा रामनरेश राय र पर्सामा लक्ष्मणलाल कर्णको संयोजकत्वमा उच्चस्तरी समिति गठन गरिएको हो। अध्यक्ष मण्डलले समितिलाई उम्मेदवार टुंगो लगाई भदौ १६ गतेसम्म केन्द्रमा पठाउन निर्देशन दिएको छ।

राजपा अध्यक्ष मण्डलका सदस्यहरूले यसअघि नै आठ जिल्लामा एकएकजना पर्यवक्षेक खटाउने निर्णय गरेका थिए। पर्यवक्षकहरूले आआफ्ना जिल्लामा  उम्मेदवारको नाम संकलन गरी भदौ १३ गतेसम्म प्रतिवेदन पठाउनेछन्। पर्यवक्षकले पठाएको नाममा छलफल गरी उम्मेदवारको टुंगो लगाउने अधिकार उच्चस्तरीय समितिलाई दिइएको छ। विवाद उत्पन्न भए समितिले नै मिलाउनेछ।

उच्चस्तरीय समितिका सदस्यहरूले एक पदमा एकभन्दा बढी उम्मेदवार भएमा उम्मेदवारबीच सहमति जुटाई एउटै उम्मेदवार उठाउने  जिम्मा पनि पाएका छन्।

६ वटा पार्टी मिलेर गठन भएको राजपामा पुराना ६ पार्टीका नेताहरू महŒवपूर्ण ठाउँमा चुनाव लड्न आकांक्षा देखाएका छन्। राजपाको पदाधिकारी १ सय ३१ सदस्यीय छ  भने केन्द्रीय सदस्य ८ सय १४ जना छन्।

पर्साको जिम्मेवारी पाएका लक्ष्मणलाल कर्णले भदौ १६ गतेभित्र आफ्नो जिल्लामा उम्मेदवारको टुंगो लगाई केन्द्रमा प्रतिवेदन पठाउने बताए।

'उम्मेदवारको टुंगो लगाउन उच्चस्तरीय समिति गठन भएको छ। मलाई दिएको जिम्मेवारीअनुसार भदौ १६ गतेभित्र केन्द्रमा प्रतिवदेन बुझाउनेछु', उनले भने। सर्लाहीमा  उम्मेदवारमा टंुगो लगाउन जिम्मा पाएका रामनरेश राय यादवले तोकेको समयभित्र आफूले जिम्मेवारी पूरा गर्ने बताए।

उम्मेदवारको टुंगो लगाउन राजपाले कुनै मापदण्ड बनाएको छैन। उच्चस्तरीय समितिमा ६ वटै पार्टीका प्रतिनिधि छन्।

कोको छन् आकांक्षी

राजपाका शीर्ष नेताहरू नै नगरपालिकाको मेयर उम्मेदवार बन्न आकांक्षी देखिएका छन्। वीरगन्ज महागरपालिकामा राजपाका तीन पदाधिकारी उम्मदेवार बन्न चाहेका छन्। राजपाका उपाध्यक्ष सुरेन्द्र कर्मी र दुईजना महासचिव विमल श्रीवास्तव र राजेशमान 'वीरगन्ज महानगरपालिकाको मेयरका लागि म सबैभन्दा बढी दाबेदार हुँ', सिंहले भने।

यसैगरी श्रीवास्तव र कुर्मीले पनि वीरगन्ज महानगरपालिकाको मेयरमा सबैभन्दा उपयुक्त उम्मेदवार भएको दाबी गर्दै पार्टीभित्र लबिङ गरिरहेका छन्।

राजपाका महासचिव मनीष सुमनले राजविराज नगरपालिका, प्रवक्ता लालकिशोर साहले जनकपुर उपमहानगरपालिका, महासचिव शिव पटेलले पर्साको बहादुरमाई नगरपालिका, सहमहासचिव निजामुद्धिन सम्मानीले पर्साको पोखरिया नगरपालिका, महासचिव अजय गुप्ताले रौतहटको गौर नगरपालिकामा उम्मेदवारको आकांक्षा राखेका छन्।

यसैगरी राजपाका सहमहासचिव सुरेश मण्डलले सिरहाको कल्याणपुर नगरपालिका, केन्द्रीय सदस्य सत्यनारायण यादवले सप्तरीको छिन्नमस्ता गाउँपालिकाको मेयरमा आकांक्षा राखेका छन्।

अरू पार्टीसँग तालमेल नगर्ने

पार्टीभित्रै उम्मेदवार टुंगो लगाउन सकस परेपछि राजपाले अन्य दलहरुसँग तालमेल नगर्ने नीति लिएको छ। केही दिनअघि पार्टीले गरेको पत्रकार सम्मेलनमा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अरु पार्टीसँग तालमेल नहुने बताएका थिए। फोरम नेपालले राजपासँग तालमेल प्रस्ताव गरेको छ।

प्रकाशित: १२ भाद्र २०७४ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App