coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी हेडक्वार्टर विघटन

काठमाडौं- सत्तारूढ माओवादी केन्द्रले हेडक्वार्टर विघटन गरेर सचिवालयलाई कार्यकारी बनाउने भएको छ। हेडक्वार्टरको आइतबार बसेको बैठकले सचिवालयलाई कार्यकारी बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। 'हेडक्वार्टर विघटन गरेर केन्द्रीय सचिवालयलाई कार्यकारी बनाइने निर्णय भएको छ,' भुसाालले नागरिकसँग भनिन्, 'अब सबै कार्यकारी निर्णय सचिवालयले गर्नेछ।' उनका अनुसार केन्द्रीय सचिवालय ९९ सदस्यीय बनाइनेछ।

माओवादीले करिब ४ हजार सदस्यीय केन्द्रीय समिति बनाएपछि महŒवपूर्ण निर्णय हेडक्वार्टरले गर्दै आएको थियो। हेडक्वार्टर माओवादीका शीर्ष नेतासहित ३७ सदस्यीय थियो। हालको ८३ सदस्यीय सचिवालयलाई बढाएर ९९ सदस्यीय बनाउन लागिएको हो।

'एकता प्रक्रियामा सामेल भएका साथीहरूलाई पनि समेटेर दुई अंकभित्र नै केन्द्रीय सचिवालय बनाइने भएको छ', अर्का नेता मणि थापाले नागरिकसँग भने। पछिल्लो समय रामचन्द्र झा, रामकुमार शर्मालगायत नेता पार्टी प्रवेश गरेपछि उनीहरूलाई समेट्न पनि सचिवालयको अवधारणामा माओवादी गएको हो।

प्रकाशित: १२ भाद्र २०७४ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App