coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एनजिओ र आइएनजिओलाई एकद्धार प्रणाली लागू गर्ने : मन्त्री कोइराला

काठमाडौं- महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले नेपालमा सञ्चालित राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाको गतिविधिलाई एकद्धार प्रणालीमा लैजाने तयारी भइरहेको बताएकी छन्।

उनले समाज कल्याण ऐन संशोधन गरेर एनजिओ र आइएनजिओलाई व्यवस्थित र नियमन गरिने बताइन्। समाज कल्याण ऐन संशोधनको प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै मन्त्री कोइरालाले भनिन्, 'राष्ट्रिय बजेटभन्दा बढी एनजिओ आइएनजिओको बजेट हुँदोरैछ। तर प्रभावकारी काम भएको पाइएन। त्यसैले समाज कल्याण ऐन परिवर्तन गरेर एकद्धारा प्रणाली लागू गर्नुपर्छ।'
 

अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु विभिन्न उद्देश्यले आउने गरेको बताउँदै मन्त्री कोइरालाले सबै संस्थाले समाजको हितमा काम नगर्ने हुँदा कडारुपमा प्रस्तुत हुनुपर्ने बताइन्। त्यस्ता संस्थाले गर्ने योगदानको कदर गर्दै ऐन संशोधन गरिने मन्त्री कोइरालाको भनाई थियो।
 

उनले महिला बालबालिका र जेष्ठ नागरिकको हितका लागि ३७ बुँदे कार्ययोजना बनाइएको जानकारी दिइन्। महिलाको सहजताका लागि केही महत्वपूर्ण योजना अघि सारिएको भन्दै मन्त्री कोइरालाले भनिन्, 'महिला विरुद्धको कूरीति, कूसंस्कार र अपराधिक घटना अन्त्य गर्नका लागि काम भइरहेको छ। हरेक स्थानीय तहमा महिला हिंसा र अपराध रोक्नका लागि ¥यापिड रेस्पोन्स एण्ड एक्सन टिम निर्माण गरिने छ।'

रिपोर्टर्स क्लब नेपालले मन्त्री कोइरालालाई स्वागत तथा सम्मान कार्यक्रम राखेको थियो।

 

प्रकाशित: ११ भाद्र २०७४ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App