coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

राजेश पायलको गीतमा हमालको स्वर

विजय यादव-‘कुल्ची हिँड हाँसी–हाँसी यो छाती तिम्रो बाटो हो

मेरो देह केही होइन यो त केवल एक थुप्रो माटो हो’

राजधानीको बिजुलीबजारस्थित प्रज्ञा रेकर्डिङ स्टुडियोभित्र अभिनेता राजेश हमाल यसरी मुक्तक वाचन गर्दै थिए।

तर, हमाल कुनै फिल्मको डबिङ गर्न त्यहाँ पुगेका थिएनन् । आफूले ‘मित’ सम्बोधन गर्ने गायक राजेशपायल राईको नयाँ एल्बम ‘दर्शन नमस्ते–३’का गीतमा सहभागी हुन उनी      त्यहाँ पुगेका थिए।

गीतकार      थापाले ५५    वर्षअघि लेखेको मुक्तकलाई राजेशपायलले गीतको स्वरुप दिएर सर्वसाधारणमाझ ल्याउँदैछन् । ‘मुक्तक चार सेरको मात्र छ, तर यसको मर्म चार सय वर्ष सुने पनि पनि बुझ्न कठिन छ,’ राजेशपायलले भने, ‘यस्तो राम्रो स्रष्टाको गीत     गाउन  पाउँदा  खुशी   लागिरहेको    छ।’

राजेशपायलले पछिल्लो समय ल्याइरहेका कमर्सियल गीतभन्दा निकै फरक र पृथक सुनिन्थ्यो माथिको गीत । हमाल पनि यसमा सहमत देखिए । ‘राजेशजी सधैं केही फरक गर्न खोज्नुहुन्छ, यसमा पनि मैले फरकपन पाए,’ मुक्तक वाचन गरिसकेपछि हमालले भने, ‘उमेरले मभन्दा जेठो मुक्तक वाचन गर्न पाउँदा खुशी छु । राजेशपायलसँग मेरो मित्रताको प्रमाण पनि   हो     यो    सहकार्य ।’

रेकर्डिङका बेला गीतकार थापासहित संगीतकार हरि लम्साल, एरेन्जर किरण कँडेलसमेत सहभागी थिए। गीतको भिडियोमा पनि हमाल र अभिनेत्री केकी अधिकारीलाई अभिनय गराउने तयारी रहेको राजेशपायलले बताए । भिडियो निर्देशनको जिम्मेवारी उनले फिल्म निर्देशक मिलन चाम्सलाई सुम्पिदैछन्। हमालको रेकर्डिङसँगै एल्बम ‘दर्शन नमस्ते–३’को रेकर्डिङ पनि सकिएको राजेशपायलले बताए।  गीतको संगीत र एरेन्ज पूरा गर्न नै ६ महिना लागेको उनले सुनाए।

प्रकाशित: १२ श्रावण २०७३ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App