६ वैशाख २०८१ बिहीबार
समाज

साउदीबाट फर्किएका हरि विमानस्थलबाटै सम्पर्कबिहीन

बाग्लुङ- धन कमाउन भनेर साउदी अरब पुगेर आठ महिनामै नेपाल फर्किएका एक युवा सम्पर्क बिहीन भएपछि परिवारले खोजीका लागि अपिल गरेको छ। जिल्लाको बाग्लुङ नगरपालिका—१३ काभ्राबोटका हरिप्रसाद शर्मा भदौ ७ गते नेपाल फर्केको भए पनि अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन्। ३६ वर्षीय शर्मा ७ गते राती ९:३० मा त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलबाट नेपाल आएको भए पनि अहिलेसम्म परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि  परिवारले आफन्त र प्रहरीसंग अपिल गरेका हुन्। विमानस्थलमा आए पश्चात उनको श्रीमती सवितालाई फोन गरी आफु नेपाल आएको जानकारी गराएका थिए।

त्रिभुवन विमानस्थलमा राखिएको सिसी क्यामाराको रिपोर्ट अनुसार उनी बुधबार बेलुका ९:४२ बजे विमानस्थलबाट बाहिरीएको देखिएको उनका दाजु टिकाराम शर्माले बताए ।  विमानस्थलबाट बाहिरिए विहीबार विहान उनले आफै फोन गरे पनि राम्रोसंग कुराकानी हुन नसकेको उनले बताए। साउदी अरब गएको केही समयमै बिरामी भएर काम गर्न नसकेको बताएपछि परिवारले नै घर फर्किन सल्लाह दिएको थियो। ‘गएको केही समयमै काम गर्न सकिन बिरामी छु भन्न थालेपछि आउनुस् यतै उपचार गरौंला भनेका थियौं,’ वेपत्ता हरिकी धर्मपत्नी सबिताले भनिन्,‘उहाँ आउने दिन विमानस्थलमा लिन जान भनेर म र दाई गएका थियौं, जाममा परेपछि समयमा पुग्न सकिएन। उहाँ त्यहाँ निस्कीसक्नुभएछ, अहिलेसम्म पनि सम्पर्कमा हुनुहुन्न।’

 प्रहरीका अनुसार हरिको चितवनको दासढुंगासम्म मोबाईलको ट्रयाकिङ भएको छ। शुक्रबार र शनिबार पनि चितवनको नारायणगढमा मोबाईल ट्रयाकिङ भए पनि परिवारको सम्पर्कमा नभएको दाजु टिकारामले बताए।

प्रकाशित: ११ भाद्र २०७४ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App