७ वैशाख २०८१ शुक्रबार
कला

पर्दामा ‘नालापानी’ युद्ध

काठमाडौं– सन् १८१४ यता अंग्रेज फौजले नेपाली भूमिमाथि विभिन्न ठाउँमा आक्रमण गर्दा नेपाली फौजले गरेको प्रतिरोधलाई इतिहासविद्ले राम्रै प्रशंसा गरेका छन् । भारतको देहरादुनस्थित नालापानी गढीमा भएको युद्धमा वलभद्र कुँवरको बहादुरीको प्रशंसा अझ बढी सुनिन्छ । यीनै वलभद्रले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ फिल्म बन्ने भएको छ ।

पद्माकुमारी फिल्मस्को ब्यानरमा निर्माता तथा निर्देशक रिमेश अधिकारीले निर्देशन गर्ने फिल्म ‘नालापानी’को राजधानीमा गत शुक्रबार घोषणा गरियो । निर्देशक अधिकारीले नेपालीले अंग्रेजसँग लडेको युद्ध र नेपालीको बहादुरीको २ सय ३ वर्ष पहिलाको इतिहासलाई फिल्मको पर्दामा देखाउन लागिएको बताए । ‘हाम्रो गौरवपूर्ण इतिहासलाई भोलिको पिढीका लागि संरक्षण गर्न र विश्वमाझ इतिहासलाई जीवित राख्न फिल्म निर्माण गर्न लागेका हौं,’ उनले भने ।

मनोज शाक्यको लगानी रहने फिल्म रामराजा कुवँरको पुस्तक ‘वीर वलभद्र कुवँरः ऐतिहासिक पुस्तक’लाई आधार मानेर बनाउन लागिएको हो । फिल्ममा अर्जुनजंग शाही, नवल खडका, मनोज शाक्य, विशाल श्रेष्ठ, दीपेन्द्र सिंह दर्नाल, विकेश श्रेष्ठ, विशाल पहाडी, विष्णु मोक्तान, गीता अधिकारी, सुन्दर श्रेष्ठ, ईशान बिजु, प्रनिश शाक्य, कृष्ण आचार्य, तुलसा थापाको अभिनय छ । फिल्ममा आशिष रेग्मीको पटकथा र संवाद, रोशन श्रेष्ठको द्वन्द्व रहनेछ ।

 

प्रकाशित: ११ भाद्र २०७४ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App