coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कृषि पत्रकारिता तालिम शुरु

रत्ननगर– कृषि तथा कृषिजन्य विषय बस्तुलाई सञ्चार माध्यमसम्म पु¥याउने उद्देश्यले चितवनमा तिन दिने ‘कृषि पत्रकारिता तालीम’ शुरु भएको छ। 

विकासका लागि ग्रामीण कल्याण तथा कृषिसुधार समूह (फर्वाड) नेपाल र नेपाल पत्रकार महासङ्घ चितवन शाखाको संयुक्त आयोजनामा शुक्रबारदेखि भरतपुरमा तिन दिने कृषि पत्रकारिता तालीम शुरु भएको हो । जिल्लाका २० भन्दा बढी पत्रकार सहभागी सो तालीममा सञ्चार तथा कृषि क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिइरहेका छन्। 

सो अवसरमा सञ्चारविज्ञ डा टंकप्रसाद उप्रेतीले कृषि क्षेत्रमा खोजी गर्नुपर्ने विषय प्रशस्त रहेको बताउँदै समाचार कहाँ छ, भनेर त्यसको बास्ना पत्ता लगाउने क्षमता पत्रकारमा हुनुपर्नेमा जोड दिए। 

कृषि पत्रकार प्रतिष्ठानका महासचिव गोविन्द शर्माले विटकै रुपमा कृषि पत्रकारिताको अभ्यास भइसकेको उल्लेख गर्दै जिल्लाका पत्रकारले समेत कृषिलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नु आवश्यक भएको बताए। 

प्रशिक्षणका क्रममा पोल्ट्री विज्ञ तथा उद्योग वाणिज्य महासङ्घका कृषि वन समूहका संयोजक डा तिलचन्द्र भट्टराईले नेपालको कृषि क्षेत्रमा जुन किसिमको उत्पादकत्व बढाउनुपर्ने हो, त्यो हुन नसकेकोमा गुणासो गरे। 

कृषि सम्बन्धी राम्रो नीति नभएको र भएका नीतिनियम पनि कार्यान्वयन गर्ने निकाय नहुँदा कृषि क्षेत्र अगाडि आउन नसकेको बताउँदै उनले नेपालमा कुखुरामा आत्मनिर्भर हुनुमा निजी क्षेत्रको आफ्नै पहल रहेको छ भने। 

राष्ट्रिय बीउबिजन समितिका सदस्य तथा बीउ सम्बन्धि जानकार मित्रराज दवाडीले व्यवसाय र बाली संरक्षण गरे उत्पादन बढाउन सक्ने अवस्था नेपालमा रहेको बताउँदै अझै पनि ठूलो मात्रामा बीउ आयात गर्नुपर्ने अवस्था रहेको धारणा व्यक्त गरे । रासस 

प्रकाशित: १० भाद्र २०७४ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App