coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चार महिनामा सर्पको डसाइबाट १३ जनाको मृत्यु

धनगढी –  गर्मी र वर्षायामको सुरुवातसँगै कैलाली जिल्लामा सर्पको डसाइका घटना बढ्न थालेका छन्। 

विषालु सर्पको डसाइबाट जिल्लामा गएको वैशाखदेखि साउन अन्तिमसम्म १४३ जना उपचारका लागि आएकोमा १३ जनाको मृत्यु भएको सेती अञ्चल अस्पताल आकस्मिक कक्षका प्रमुख कृष्णबहादुर बोहराले बताए। 

यो अवधिमा सर्पको डसाइबाट बिरामी भएकामध्ये विषालु सर्पले डसेका बिरामीको संख्या४७ रहेको छ। 

अस्पतालमा गएको साउन महिनामा मात्रै सर्पले डसेका ६२ जना उपचारार्थ सेती अञ्चल अस्पताल भर्ना भएको बोहराले बताए। सात जनाको अस्पतालमा उपचारका क्रममा र छ जनाको उपचारार्थ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो। अस्पतालले अन्य दुई बिरामीलाई थप उपचारका लागि अन्यत्र सिफारिस गरेको छ। 

गतवर्ष सेती अञ्चल अस्पतालमा २१५ जना सर्पडसाइका बिरामी उपचारका लागि आएकोमा सात जनाको उपचारको क्रममा मृत्यु भएको थियो । रासस 

प्रकाशित: १० भाद्र २०७४ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App