coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लौकाहा बासीलाई संजय स्मृती प्रतिष्ठानको राहत

काठमाडौं- संजय स्मृती प्रतिष्ठानले रौतहटको दुर्गम गाउँ लौकाहामा बाढी पीडितलाई राहत साम्रगी वितरण गरेको छ। स्थानीय प्रशासनको सहयोगमा प्रतिष्ठानले करिब ३० भन्दा बढी घरपरिवारलाई राहत साम्रगी वितरण गरेको हो।

संजय स्मृती प्रतिष्ठानका अध्यक्ष निरोज मास्के, प्रतिष्ठानका रबिन्द्र पाल्पाली, रिता कोइरालाले राहत वितरण गरेको थिए। संजय स्मृती प्रतिष्ठान अध्यक्ष निरोज मास्केले तराई जनतालाई अप्ठयारो अवस्थामा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन्।

प्रतिष्ठानले यसअघि बालबालिका, अशक्तलाई सहयोग गर्दै आएको छ । त्यस्तै प्रतिष्ठानले हरेक वर्ष नेपाली भलिबलमा योगदान गरेको एक पुरुष र एक महिला खेलाडीलाई संजय स्मृती खेलकुद अवार्डबाट सम्मान गर्दै आएको छ।

बाढी गएको लामो समय वितिसक्दा समेत सरकारी राहत पाउन नसकेका पीडितलाई प्रतिष्ठानले स्थानीय प्रहरीको सहयोगमा प्रभावित क्षेत्रमै पुगेर चामल, दाल, तेल, ब्लाङ्केट, चाउचाउ,साबुन, म्याट्रेस, झुल, औषधी लगायतका सामाग्री वितरण गरेको थियो।

 

प्रकाशित: १० भाद्र २०७४ ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App