८ वैशाख २०८१ शनिबार
समाज

मनसुनकै ठूलो र फराकिलो वर्षा

काठमाडौं-मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सुरु भएयता सबैभन्दा ठूलो र फराकिलो वर्षा सोमबार भएको जनाएको छ। पानी धेरै परेपछि देशभरका अधिकांश नदी र खोलाको पानीको सतह बढेको तथा ठुल्ठूला पहिरो जाने क्रम सुरु भएको छ।

‘सोमबार देशका अधिकांश क्षेत्रमा मनसुन सबैभन्दा सक्रिय भयो । त्यसैको प्रभाव मंगलबार देखिएको हो’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले नागरिकस“ग भने ।

उनका अनुसार सोमबार बिहान पौने नौ बजेदेखि मंगलबार बिहान पौने नौ बजेसम्म (२४ घन्टा) मा देशका १५ वटा मौसम पूर्वानुमान केन्द्रमध्ये ८ वटामा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ । ‘यो तथ्यांक हेर्दा सोमबारको वर्षाले धेरै क्षेत्रफल ओगटेको देखिन्छ । त्यसैको प्रभावले गर्दा मंगलबार बिहानैदेखि धेरै नदीहरुमा बाढी आएको हो’, रिमालले भने, ‘पचास मिलिमिटरभन्दा माथि भनेको ठूलो वर्षा हो ।’

महाशाखाका अनुसार सबैभन्दा बढी पोखरामा २२३ मिलिमिटर, सुर्खेतमा २०३ पानी परेको छ । सिमरामा ९७, काठमाडांैमा ८७, दाङमा ७२, भैरहवामा ७२, धनगढीमा ५९ र विराटनगरमा ५३ मिलिमिटर वर्षा भएको छ । ‘पानी धेरै परेको क्षेत्रको तल्लो तटमा बाढी र माथिल्लो तटमा पहिरो आएको हुनुपर्छ’, उनले भने ।

रिमालका अनुसार तीन कारणले गर्दा सोमबार धेरै पानी परेको हो । न्यूनचापीय रेखा नेपालको मध्यक्षेत्रलाई छुने गरी भारतको बिहार र उत्तरप्रदेशमा रहनु, पानीको वाष्पयुक्त वायु बंगालको खाडीबाट पूर्वी नेपाल हुँदै तीव्र गतिमा नेपाल भित्रिनु र अरबी सागरबाट समेत त्यही वायु आउ“दा यस्तो वर्षा भएको हो ।

‘बंगालको खाडीबाट आउने वायु सतहभन्दा तीन किलोमिटर माथि तीव्र गतिमा आउ“छ । अरबी सागरबाट आउने वायु सतह हुँदै आउ“छ’, उनले भने ।

रिमालका अनुसार मंगलबार राति मध्य र सुदूरका एक÷दुई स्थानमा मध्यम वा त्योभन्दा ठूलो वर्षा हुन सक्छ । बुधबार बदली लागे पनि फाट्टफुट्ट वर्षा हुन्छ । बिहीबार पनि भारी वर्षाको सम्भावना कम छ । एकदुई स्थानमा मध्यम खालको वर्षा हुन सक्छ । ‘यद्यपि मनसुन भएकाले एकदुई स्थानमा हल्का वर्षाको सम्भावना कायमै छ’, उनले भने ।

छिमेकी भारतको मौसम विज्ञान विभागका अनुसार बुधबार सुदूरपश्चिमस“ग जोडिएको भारतको उत्तराखण्डमा ‘भारीभन्दा भारी’ वर्षा हुने जनाएको छ । त्यसको असर सुदूरपश्चिमका पहाडी र तराईमा पर्न सक्छ । यसैगरी, उत्तरप्रदेशको पश्चिम सीमास“ग जोडिएका नेपालका भूभागमा बुधबार र शुक्रबार भारी वर्षाको सम्भावना छ । शुक्रबार र शनिबार नेपालको पूर्वी, मध्य र पश्चिम तराईमा भारी वर्षाको सम्भावना छ ।

बाढीको पूर्वानुमान

पश्चिम राप्ती र नारायणी आसपास खतरा

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाले पश्चिम राप्ती र नारायणी नदीको पानीको सतह खतरा तहभन्दा पनि माथि रहेको जनाएको छ ।

शाखाका जलवीद विनोद पराजुलीले मंगलबार दिनभर नै दुवै नदीमा पानीको सतह यो अवस्थामा पुगेको जानकारी दिए । ‘नारायणीभन्दा पश्चिमी राप्तीले बढी क्षति गरेको छ’, उनले भने । शाखाअन्तर्गत नदी र खोलाका ४६ स्थानमा पानी सतह मापन केन्द्र राखिएको छ । मंगलबार सा“झ ८ बजे पश्चिम राप्तिको कुसुम खण्डमा पानीको सतह ७.८३ मिटर पुगेको छ । प्रतिसेकेन्ड ६,२५५ घनमिटर पानी बगिरहेको छ । ‘सम्भवतः पश्चिम राप्तीमा अहिलेसम्मकै ठूलो बाढी आएको हो’, पराजुलीले भने, ‘खतराभन्दा निकै तहमाथि छ । सर्वसाधारण जंगलमा बस्न विवश छन् ।’ उनले बाढीबारे स्थानीय प्रशासनलाई बिहानैदेखि जानकारी दिइएको छ ।

‘नारायणी र पश्चिम राप्तीमा भोलि बिहानसम्म बाढीको अवस्था रहन्छ’, पराजुलीले भने, ‘हामीले त्यहीअनुसार सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छौं ।’

नारायणीको नारायणगढ खण्डको पानीको सतह मंगलबार सा“झ पौने नौ बजे १०ः२४ मिलिमिटर पुगेको छ । जब कि यस नदीको चेतावनी तह ७.३ र खतरा तह ८.४ मानिएको छ । नारायणीमा प्रतिसेकेन्ड १५७३२.६० घनमिटर पानी बगिरहेको छ। ‘तर पनि यो नदीको दुई किनारमा रहेका चितवन र नवलपरासी खण्डमा पानी उक्लिएको छैन । मंगलपुरमा केही घर डुबानमा परेको भए पनि सर्वसाधारणको सकुशल उद्धार भएको छ’, पराजुलीले भने । उनका अनुसार बुधबारदेखि अधिकांश ठूला नदीमा पानीको सतह घट्ने सम्भावना छ ।

शाखाका अनुसार मंगलबार सा“झ पौने नौ बजेसम्म यीबाहेक १३ वटा नदीको पानीको सतह बढिरहेको छ। तिनमा पश्चिम सेतीको दिपायल खण्ड, झिम्रुकको चेसेटा, बडीगा“ड रुद«वेनी, त्रिशुलीको वेत्रावती र देवीघाट खण्ड, सप्तकोशीको चतरा, सेतीको दमौली, माथिल्लो त्रिशुली, नलसिगा“डको जाजरकोट, रोल्वालिङ खोलाको च्छोरोल्पा खण्ड, तामाकोसीको गंगार र बुस्ती, रिउखोलाको बनकट्टा खण्डमा पानीको सतह बढिरहेको छ । यसैगरी बुढी खण्डकीको दरबुङ, त्रिशुलीको देवीघाट, बबईको भादापुल र चेपाङ  टा“डीको बेलकोटमा पानीको तह बढिरहेको छ । तर यी नदी खोलाको पानीको तह खतरा तह भन्दा निकै तल रहेको पराजुलीले जानकारी दिए । 

 

 

 

 

 

 

 

प्रकाशित: १२ श्रावण २०७३ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App