आचार्य रजनीशसँग पहिलो भेट

शनिबार, १० भदौ २०७४, १० : ५२ नागरिक

4121


सन् १९६९ मार्चमा आचार्यको प्रथम प्रवचन सुनेपछि मैले उहा“लाई नियमित रूपले पत्र लेख्न थालेँ। मेरा पत्रको जवाफ उहा“ले आफ्नै हातले लेखेर दिनुहुन्थ्यो। त्यस्तै एक पत्रमा उहा“ले गुजरातको द्वारिकामा हुने शिविरमा भाग लिन निर्देश दिनुभयो। सोही शिविरको अन्तिम दिन म झिसमिसे उज्यालोमै विना कुनै पूर्वसूचना उहा“को शयन कक्षमा पुगेँ। त्यसबेला ओशो आफ्नो बाथरुममा स्नान गरिरहनुभएको थियो। 

जब मैले सारा परिवारका लागि एउटै मात्रै बाथरुम भएको कुरा निकालेँ, ओशोले मलाई आश्वस्त पार्दै भन्नुभयो, 'त्यो समस्या होइन। चिन्ता नगर। सुविधाभन्दा पनि तिम्रो प्रेम पर्याप्त छ। म तिम्रै घरमा आनन्दित हुनेछु।'

आधा घन्टापछि ओशो बाथरुमबाट बाहिर निस्किनुभयो। एक ताजा चिरपरिचित सुगन्धले मेरो नासापुट भरियो। ओशोको शरीर सेतो कपडाले बेरिएको थियो, का“धमा तौलिया झुन्डिएको थियो। पहिलो दिनदेखि नै उहा“को शरीरको आभाले मलाई मुग्ध पारेको थियो। केही फिटनजिकै उभिएर उहा“लाई नियाल्ने सौभाग्य पाएको यो क्षण मेरा लागि अकल्पनीय थियो। सुन्दर सुडौल शरीर, लामो कालो दाह्री, तेजयुक्त रहस्यमय आ“खाले अविस्मरणीय छाप अहिलेसम्म मेरो मानसपटलमा छोडेका छन्।

मलाई एकाबिहानै आफ्नो कोठामा देखेर उहा“ आश्चर्यचकित हुनुभयो र हल्का मुस्काउँदै सोध्नुभयो, 'तिमी को हौ?'

'म काठमाडौंबाट आएको। पटनामा इन्जिनियरिङ पढ्छु। तपाईंलाई पत्र लेखिरहन्छु। मेरो नाम अरुण हो,' मैले उहा“को पाउ छुँदै हल्का आत्तिएको आवाजमा भने। एकछिन उहा“ले मलाई एकटक नजरले हेर्दै भन्नुभयो, 'अ“, सबै याद आयो।'

उहा“ले मेरो विगत, वर्तमानका समस्या र उद्विग्नताहरू सबै एकै नजरमा थाहा पाएको आभास भयो। उहा“सामु म आफ्नो जीवनका सबै समस्या र सबै प्रश्न एकै भेटमा बताउन चाहन्थेँ।

ओशो कुर्सीमा बस्नुभयो। म मारबलको भुइँमा बसेँ। उहा“ले मलाई आफैँ सुत्ने खाटमा बस्ने इसारा गर्नुभयो। मेरो हिच्किचाहट देखेर 'भुइँ चिसो छ, खाटमै बस' भन्नुभयो। म खाटमा बसेँ। मैले उहा“लाई आफ्ना सबै समस्या बताए“। म स्थिर भएर बोल्न सकिरहेको थिइनँ तर उहा“ले मेरो सबै कुरा धैर्य र करुणाले सुन्नुभयो।

मैले उहा“लाई पटनामा प्रथमपटक देखेको कुरा बताए“। उहा“का प्रवचनले रूपान्तरणकारी भूमिका खेलेको र आफूलाई भित्रैदेखि छोएको बताए“। समस्याग्रस्त जीवनमा उहा“ नै आफ्नो एक मात्र आशाको केन्द्र भएको सुनाए“। मैले आफ्नो साधना, धेरै गुरुहरू र आश्रमहरू चहारेको र त्यसको व्यर्थता र असुन्तुष्टि बताए“। प्रत्येक दिन नबिराई भेटेसम्म उहा“का  पुस्तक पढ्ने गरेको कुरा पनि भनेँ। मेरो परिवारबारे पनि उहा“ले सोध्नुभयो।

'पद्मसम्भवले तिब्बतमा, महिन्दा र संघमित्राले श्रीलंकामा बुद्ध धर्म फैलाएझैँ नेपाल पनि मेरो दर्शनलाई फैलाउने उचित व्यक्तिको पर्खाइमा छ। हिमाली राज्य नेपालमा ठूलो आध्यात्मिक सम्भावना छ। मलाई नेपालमा एक सन्देशवाहक चाहिएको छ।'

ओशोले भनेका कुरा मलाई कथाजस्तो लाग्यो। उहा“को शब्दमा मलाई शंका थिएन, तर आफ्नै क्षमतामा भने मलाई शंका थियो।

उहा“ले मेरो मन पढेजस्तै गरी भन्नुभयो, 'जब शिष्य समर्पणका लागि तयार हुन्छ, उसले व्यक्तिगत सीमालाई पार गर्छ र असीम दिव्य शक्तिले उसबाट कार्य गर्न थाल्छ।'

उहा“ले मलाई सोध्नुभयो, 'तिमीलाई सबैभन्दा मनपर्ने कुरा के हो?' मैले तुरुन्तै जवाफ दिए“, 'देशदेशान्तर घुम्ने।' मैले आइएससी पास गरेपछि पाइलटमा भर्नाका लागि जा“च दिएको पनि थिए“। त्यो थाहा पाएर मेरा आमाबुबा खुब झोँक्किए। अन्तर्वार्ताको दिन उहा“ले मलाई कोठाबाट बाहिर निस्किन दिनुभएन। पाइलट बन्ने मेरो सपना पूरा हुन सकेन। इन्जिनियरिङ गर्दागर्दै मैले कुनै हवाई सेवा या यात्रासम्बन्धी व्यवसाय गर्ने मनसाय बनाएको थिए“। यसबाट मेरो घुम्ने इच्छा पूरा हुन्छजस्तो लाग्थ्यो। मैले पढेको राहुल सांकृत्यायनको 'अथातो घुमक्कडी जिज्ञासा' नामक पुस्तकले मलाई दूरदराजसम्म घुम्ने अझ प्रेरणा दिएको थियो।

मेरो कुरा ध्यानले सुनेपछि आचार्यश्रीले भन्नुभयो, 'पाइलटले विश्व कहा“ राम्रोस“ग देख्छ? उसले त एयरपोर्ट मात्रै देख्न पाउ“छ। आफूलाई योग्य बनाऊ। जब तिमी तयार हुनेछौँ, म तिमीलाई आफ्नो सन्देश लिएर विश्व घुमाउँला। विश्वको अनेक भागमा तिमीलाई अनन्य प्रेमले मानिसले स्वागत गर्नेछन्। तर त्यसका लागि तिमी पहिला योग्य बन्नुपर्छ।'

७४ वर्षको उमेरमा पनि आज म ओशोको साधना र ध्यान दर्शन प्रचार–प्रसारका लागि वर्षको आधाभन्दा बढी समय पश्चिमी र पूर्वीय देशको भ्रमणमै बिताउ“छु। पाएकोजति निमन्त्रणा स्वीकार गर्ने हो भने म बाह्रैमास विदेशमै हुनुपर्ने हुन्छ।

मभित्र त्यो घुम्मकडी प्रवृत्ति अब शान्त हुँदै आएको छ। अब म एकान्तमा विश्रामपूर्ण बस्ने दिनको पर्खाइमा छु। तर ओशो पनि मभित्र घुमक्कडीको एक पनि बीज बाँकी नरहोस् भन्दै त्यसलाई पूरै दग्ध गर्न दृढ हुनुहुन्छ। मानिसले आफ्नै परिवारको सदस्यझैँ प्रेम र न्यानोपनले विश्वभरि स्वागत गर्छन्। पाइलट बन्ने इच्छालाई याद गर्दा अहिले मलाई हा“सो लागेर आउ“छ। मैले कल्पनामा चिताएकोभन्दा हजार गुणा ओशोले दिनुभयो। उहा“को यो कृपा मेरो कुनै उदात्त कल्पनाभन्दा पनि विशाल छ।

ओशोको सान्निध्यमा बस्न पाउँदा म उद्वेलित भइरहेको थिए“। उहा“ले मलाई केही प्रश्न सोध्नुभयो। मैले जवाफ दिए“। आत्म नियन्त्रणको मेरो अतिशय धारणा, ब्र≈मचर्य, विगतको मेरा साधना यात्राबारे सुनेपछि ओशोले भन्नुभयो, 'तिमीले अवैज्ञानिक, रुग्ण विचारका पुस्तक चाहिएभन्दा बढी पढेका रहेछौ र यी पुस्तकले तिमीलाई बिगारेछन्।'

उहा“ले मलाई 'सम्भोग से समाधि कि ओर' पुस्तक पढने सल्लाह दिनुभयो। यो पुस्तक भर्खरै प्रकाशित भएको थियो र भारतीय समाजमा खुबै तरंग मच्चाएको थियो। ओशोले भन्नुभयो, 'मैले अब विदेशबाट पनि निमन्त्रणा प्राप्त गर्न थालेँ, आउने मार्चमा म नाइरोबी जान्छु होला।'

मैले एक्कासि नजानुस् भने।

'किन?' उहा“ले आश्चर्य मानेर सोध्नुभयो।

'किनभने, तपाईंले विदेशयात्रा सुरु गर्नुभयो भने विदेशीले तपाईंलाई तुरुन्तै चिन्नेछन्। त्यसपछि हामीजस्ता साधारण साधकका लागि तपाईंलाई भेट्न असम्भव हुनेछ।'

'हेर, यस युवकले ठीक कुरो गर्दै छ,' पछि आएका व्यक्तिलाई देखाउँदै उहा“ले भन्नुभयो। र, अगाडि थप्नुभयो, 'हो, ठ्याक्कै यस्तै हुनेछ।'

उहा“का शब्दबाट उत्साहित भएर मैले उहा“लाई भने, 'मार्चमा कतै नजानुहोला। कृपया काठमाडौं आउन होस्।'

मलाई ध्यान दिएर हेर्दै उहा“ले सोध्नुभयो, 'कार्यक्रम आयोजना गर्न सक्छौ?'

म यति पुलकित थिए“ कि मैले आफ्नो क्षमताको सीमालाई बु‰न सकिनछु। मैले भने, 'मेरो अभिभावकको राम्रो राजनीतिक पृष्ठभूमि छ। यो कारणले मलाई आयोजना गर्न सहयोग मिल्नेछ।'

आचार्यश्री भन्नुभयो, 'ठीक छ, म होटलमा नबसेर तिम्रै घरमा बस्न चाहन्छु।'

त्यसताका हामी पुतलीसडकको एक–दुई तले भाडाको घरमा बस्थ्यौँ। भुइँ तलामा मेरो पिताको अफिस थियो। हामी पहिलो तलामा बस्थ्यौँ। घरमा एउटा मात्रै ट्वाइलेट बाथरुम थियो। उहा“जस्तो महान् व्यक्तित्वका लागि मलाई मेरो घर उपयुक्त लागेन। मेरा अभिभावकको राजनीतिक सम्बन्धका कारण पनि त्यहा“ भीडभाड भइरहन्थ्यो। त्यस्तो माहोलमा उहा“लाई राख्न मनले मानेन। आफ्नो घरको असुविधा सम्झेर मन मलिन भयो। त्यसबेला न्युरोडमा एउटा मात्रै सुविधाजनक होटल थियो, पारस। मैले भनेँ, 'काठमाडौंको न्युरोडमा आधुनिक सुविधाजनक पारस होटल छ। हजुरलाई त्यहीँ बस्ने व्यवस्था मिलाउँछु।' ओशोले भन्नुभयो, 'होइन, म होटलमा बस्दिनँ। तिम्रै घरमा बस्नेछु।'

जब मैले सारा परिवारका लागि एउटै मात्रै बाथरुम भएको कुरा निकालेँ, उहा“ले मलाई आश्वस्त पार्दै भन्नुभयो, 'त्यो समस्या होइन। चिन्ता नगर। सुविधाभन्दा पनि तिम्रो प्रेम पर्याप्त छ। म तिम्रै घरमा आनन्दित हुनेछु।'

मैले अझै नेपाल ध्यान शिविरका लागि तयार नभएको बताए“। सार्वजनिक प्रवचन र व्यक्तिगत भेटघाटमा मानिसले उहा“लाई अझ नजिकबाट चिन्ने मौका पाउनेछन् र सोहीअनुसार कार्यक्रम आयोजन गर्न सकिने बताए“।

उहा“ले रहस्यमय ढंगले मुस्काउँदै चम्किलो आ“खा पारेर भन्नुभयो, 'तिमीलाई थाहा छैन, नेपालको कति सम्भावना छ। तयार होऔँ, नेपालमा आध्यात्मिक क्रान्ति हुनेछ।'

एक घन्टा उहा“स“ग एकान्तमा बिताएर जब बाहिर निस्किए“, त्यो क्रान्तिको सूत्रपात मभित्र सुरु भइसकेको थियो।

(स्वामी आनन्द अरुणको प्रकाशोन्मुख ओशो संस्मरण 'एक अच्चम मैले देखेँ'बाट साभार।)








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

अहिले कस्तो एन्ड्रोइड स्मार्टफोन किन्ने ?

अहिले कस्तो एन्ड्रोइड स्मार्टफोन किन्ने ?

२०१८ मा आएर कस्तो किसिमको स्मार्टफोन किन्ने ? कस्तो नकिन्ने ? ...

स्लो वाइफाईको समाधान

स्लो वाइफाईको समाधान

वाइफाई स्लो चल्नेबित्तिकै इन्टरनेट सेवा प्रदायकलाई दोष दिने चलन छ । तर इन्टरनेट राउटर, राउटरको सेटिङ, राउटर राख्ने स्थान लगायतले...

सामसंगले ल्यायो तीनवटा क्यामरा भएको स्मार्टफोन - ग्यालेक्सी ए ७ (२०१८)

सामसंगले ल्यायो तीनवटा क्यामरा भएको स्मार्टफोन - ग्यालेक्सी ए ७ (२०१८)

सामसंगले आफ्नो पहिलो तीनवटा मुख्य क्यामरा भएको स्मार्टफोन ग्यालेक्सी ए ७ (२०१८) बजारमा ल्याउने भएको छ | ...

आजबाट iOS १२ रिलिज हुँदै

आजबाट iOS १२ रिलिज हुँदै

iOS १२ सेप्टेम्बर १७ मा रिलिज हुने कुरा एप्पलले आफ्नो किनोटमा घोषणा गरेको थियो | ...

कुन प्रोसेसर भएको ल्यापटप किन्ने ?

कुन प्रोसेसर भएको ल्यापटप किन्ने ?

ल्यापटप खरिद गर्न कुनै पसल जानुभयो भने तपाईंलाई सबैभन्दा पहिलो प्रश्न ‘कुन प्रोसेसर भएको ?’ भनेर नै सोधिने छ ।

एप्पल आइफोनका ३ नयाँ मोडलहरु

एप्पल आइफोनका ३ नयाँ मोडलहरु

एप्पलले यस वर्ष तीन वटा नयाँ आइफोनका मोडलहरु रिलिज गर्ने भएको छ - आइफोन XS आइफोन XS MAX र आइफोन...

२०१८ का स्मार्टफोनमा भएका उत्कृष्ट क्यामरा फिचरहरु

२०१८ का स्मार्टफोनमा भएका उत्कृष्ट क्यामरा फिचरहरु

क्रमागत रुपमा विकास हुदैँ स्मार्टफोनका क्यामराहरु अहिले पहिलेको भन्दा धेरै उन्नत र सक्षम भएका छन् ...

पुराना घरलाई भूकम्प प्रतिरोधी कसरी बनाउने ?

पुराना घरलाई भूकम्प प्रतिरोधी कसरी बनाउने ?

बनिसकेका घर लगायत पुराना घरहरुलाई नयाँ प्रविधि र विशेषताहरु थप्ने प्रक्रियालाई रेट्रोफिटिंग भनिन्छ। ...