coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

वैदेशिक रोजगारको बाध्यता लघु चलचित्रमा

काठमाडौं-  दुबइमा काम गर्ने नेपालीहरुको जीवनशैलीमा तयार पारिएको छोटो नेपाली चलचित्र ‘लस्ट’ को प्रदर्शन भएको छ|
दुवइ स्थित नेपाली समुदायकोबीचमा चलचित्रको औपचारिक प्रिमियर गरिएको हो। चलचित्र युट्युवमा समेत हेर्न सकिन्छ। लघु चलचित्रमा सुमन सापकोटा र विक्रान्त लामिछानेको मुख्य भूमिका छ।  चलचित्रमा दुबइमा कामको क्रममा भेटिएर मिल्ने साथी बनेका दुइ युवाको जीवनको उतार-चढाव देखाइएको छ। उनीहरुको कथाबाट त्यहाँ काम गर्ने नेपालीहरुको अबस्था, बाध्यता र परिवारसँग टाढा रहनुको पीडा झल्काइएको लेखक तथा निर्देशक नारायण राउतले बताए|
चलचित्रको निर्माण 'दि रिसाइकल विन' ले गरेको हो।

भिडियो:

प्रकाशित: ९ भाद्र २०७४ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App