१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘मिस पूर्वाञ्चल’मा २६ सुन्दरी

काठमाडौं- पूर्वाञ्चलकै ठूलो सौन्दर्य प्रतियोगिताको रूपमा रहेको ‘मिस पूर्वाञ्चल’को आठौ संस्करणका लागि २६ सुन्दरीहरू छानिएका छन् । दमक र धरानमा भएको प्रारम्भिक चरणको अडिसनबाट उनीहरू छानिएका हुन् ।

सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्न लागेको प्रतियोगितामा छानिएका २६ मध्ये २३ जनालाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागी गराइनेछ । दमक अडिसनको निर्णयकमा प्रा. राजेन्द्रजंग थापा र हिमशिखर टेलिभिजनका अध्यक्ष धुव्र न्यौपाने र ‘मिस पूर्वाञ्चल २०१५’ की ‘सेकन्ड रनरअप’ प्रमिसा वज्राचार्य थिए । धरान अडिसनमा सञ्चारकर्मी सुरेश राई, ‘मिस पूर्वाञ्चल २०१६’ की ‘फस्र्ट रनर अप’ इक्सा मादेन र धरान हेल्दी होमकी सञ्चालिका सुप्रिया माझी रहेका थिए ।

इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले यसपटक धरानका विभिन्न कलेजमा प्रतियोगिताको प्रचारका लागि कलेज क्याम्पियनसमेत गरिएको बताए । ‘प्रतियोगीहरूलाई व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याट वाक लगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिइनेछ,’ श्रेष्ठले भने, ‘प्रतियोगितालाई पूर्वाञ्चलव्यापी र पर्यटन प्रबद्र्धनमा पनि सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रम पनि राखेका छौं ।’

प्रतियोगिताको कोरियोग्राफर भूमिका प्रियारानी लामा हुन् । प्रतियोगिताका विजेताले उपाधिसँगै स्कुटी र अध्ययनका लागी युएन कलेजको छात्रवृत्ति र विदेश भ्रमणको अवसर पाउनेछन् । त्यस्तै, ‘फस्ट’ र ‘सेकेण्ड रनर अप’ले क्रमशः ५० हजार र ३० हजार नगद पुरस्कारसँगै छात्रवृत्ति पनि पाउनेछन् । विधागततर्फ ‘मिस ट्यालेन्ट’, ‘मिस फोटोजेनिक’, ‘मिस चार्मिङ’, ‘मिस इन्टलेक्चुअल’, ‘मिस पर्सनालिटी’, ‘मिस व्युटिफुल कम्लेक्सन’ लगायतका विभिन्न विधाका विजेता प्रतियोगीहरूलाई पनि १२ हजार रुपैयाँ पुरस्कार दिइनेछ । यसअघि सविना सुब्बा, प्रतिभा श्रेष्ठ, अस्मिता गुरुङ, नेहा बजाज, नेमिता आङबुहाङ, प्रियंका श्रेष्ठ र कृतिका गिरीले उपाधि चुमिसकेका छन् ।

प्रकाशित: ९ भाद्र २०७४ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App