सशस्त्र प्रहरी जवान हत्या आरोपमा दुई युवतीसहित ६ पक्राउ

शुक्रबार, ०९ भदौ २०७४, १३ : ५९ नागरिक

भीमदत्तनगर- कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्किने क्रममा बिहीबार बिहान भीमदत्तनगरपालिका–६ मा हत्या गरिएको अवस्थामा भेटिएका थिए।

घटनालगत्तै विस्तृत अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने अन्य शंकास्पद व्यक्तिलाई पनि सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाउने काम भइरहेको जनाएको छ।

‘‘हामीले अहिलेसम्म १२ जनालाई प्रहरी कार्यालयमा बोलाएर अनुसन्धानका क्रममा सोधपुछ गरिसक्यौं ।’’ कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले भने–“अनुसन्धान सघन रुपमा भइरहेकाले हत्या पत्ता लाग्छन।” हत्या गरिएका कुँवरले प्रयोग गरेको मोटरसाइकल घटनास्थल छेउमै रहेको नहरको झाडीमा फालिएको थियो भने शव थुपारिएको ढुंगामाथि राखिएको अवस्थामा भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा जवान कुँवरसहित केही व्यक्तिले घटनापूर्व यहाँको एउटा होटलमा मादक पदार्थ समेत सेवन गरेका थिए।

मादक पदार्थ सेवन गर्दा साथमा रहेका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी कुँवरको शव परीक्षणपछि शुक्रबार आफन्तको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक सेटीले जानकारी दिए। कुँवरको हत्यापछि आक्रोसित स्थानीयवासी र उनका आफन्तले शान्ति सुरक्षाको माग गर्दै बिहीबार भीमदत्तनगरमा केहीबेर यातायात, बजार अवरुद्ध पारेर प्रदर्शन गरेका थिए। कञ्चनपुरमा हत्या शृंखला दोहरिन थालेपछि यहाँका स्थानीय बासिन्दा त्रस्त भएका छन्। रासस

 








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad