६ वैशाख २०८१ बिहीबार
अन्य

व्यवस्थित गरिँदै सडका तार

उपत्यकामा जथाभावी टाँगिएका तार व्यवस्थापन सुरु गरिएको छ । विद्युत तथा टेलिफोनका खम्बामा जथाभावी टाँगिएका तारले दुर्घटनाको जोखिमसँगै सहर कुरूप देखिन थालेपछि व्यवस्थित गर्न थालिएको हो। 

सूचना तथा संचार मन्त्रालयको संयोजकत्वमा गत शनिबारदेखि त्रिपुरेश्वरबाट तार व्यवस्थित गर्न तथा हटाउन थालिएको छ । साउन ३१ गते सूचना तथा सञ्चार मन्त्रालय, विद्युत प्राधिकरण, काठमाडौं महानगरपालिकालगायत सरोकारवाला निकायको बैठकले तार व्यवस्थित तथा हटाउने निर्णय गरेको थियो । बैठकको निर्णयअनुसार नेतृत्व लिएर तार व्यवस्थापन गर्न थालिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए । 

सूचना तथा संचार मन्त्रालयको संयोजकत्वमा गत शनिबारदेखि त्रिपुरेश्वरबाट तार व्यवस्थित गर्न तथा हटाउन थालिएको छ । साउन ३१ गते सूचना तथा सञ्चार मन्त्रालय, विद्युत प्राधिकरण, काठमाडौं महानगरपालिकालगायत सरोकारवाला निकायको बैठकले तार व्यवस्थित तथा हटाउने निर्णय गरेको थियो ।

ढकालका अनुसार तारलाई अन्डरग्राउण्ड गरेर तत्कालै तारविहीन उपत्यका बनाउन सकिने सम्भावना नभएपछि व्यवस्थित गर्न थालिएको हो । 

‘शनिवारबाट त्रिपुरेश्वर–कंलकी खण्डको तार व्यवस्थापन थालिएको छ,’ ढकालले भने, ‘चाँडै नै उक्त क्षेत्रको काम सकेर क्रमशः अन्य ठाउँमा पनि काम थाल्नेछौं ।’ मन्त्रालयले भदौभित्र उपत्यकामा रहेका अव्यवस्थित तारलाई केही मात्रामा भए पनि व्यवस्थापन गर्ने लक्ष्य लिएको छ ।

उनका अनुसार विद्युत र टेलिफोनका खम्बामा टाँगिएका केबल टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका तार आवश्यक भएमा व्यवस्थापन गरिने छ भने अनावश्यक तथा कम्पनी खुल्न नआएमा झिकिने छ । ‘कम्पनी खुलेका तार मात्रै व्यवस्थित रूपमा पोलमा हुनेछन्,’ ढकालले भने, ‘ती तारमा सम्बन्धित कम्पनीको ट्याग समेत राखिनेछ जसले गर्दा तार अव्यवस्थित भएमा कम्पनीलाई तुरुन्तै व्यवस्थापन गर्न लगाउन सकियोस् ।’ अहिले जुन पनि कम्पनीले पोलमा तार राख्ने र बिग्रिएमा मर्मत नगर्दा समस्या भइरहेको उनले बताए । केवल टिभी महासंघ, नेपाल इन्टरनेट सेवा प्रदायक संघलगायतलाई तार व्यवस्थापन तथा ट्याग लगाउनसमेत पत्राचार गरेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७४ ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App