coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

महानगरमा थपिँदै ‘फ्रि वाइफाई जोन’

काठमाडौंभित्रका ऐतिहासिक सम्पदा तथा सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने भएको छ । काठमाडौं महानगरपालिकाले सम्पदा तथा सार्वजनिक स्थलमा घुम्न आउने पर्यटक तथा स्थानीयका लागि ‘फ्रि वाइफाई जोन’ बनाउन लागेको हो ।

महानगरपालिकाको आर्थिक वर्ष २०७४–७५ को नीति तथा कार्यक्रममा नै काठमाडौंका महत्त्वपूर्ण सार्वजनिक स्थलमा ‘फ्रि वाइफाई जोन’ गराउन दुई करोड रूपैयाँ बजेट विनियोजित गरेको छ । बजेटमा फ्रि वाइफाई जोन पूर्वाधार तयार गर्ने तथा अपग्रेड र अन्य उपकरण खरिदका लागि महानगरको केन्द्रीय बजेटबाट विनियोजित गरिएको हो।

महानगरपालिकाले पहिलो चरणमा फ्रि वाइफाई जडान गर्ने स्थलको प्रारम्भिक टुङ्गो लगाएको छ । महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले  काठमाडौंको ६ ठाउँमा वाइफाई जोन बनाउन लागेको बताए । ‘पर्यटकीय सम्पदाको प्रचारप्रसार र प्रवद्र्धन गर्न वाइफाई जोन गराउन लागेका हौं,’ उनले भने, ‘पर्यटकले घुम्नेबित्तिकै फोटो तथा भिडियो अपलोड गर्न सहज होस् भनेर नै इन्टरनेट सेवा जडान गरेका हौं । जसअनुसार हनुमानढोका दरबार परिसर, पशुपति क्षेत्र, स्वयम्भू चैत्य, बौद्धनाथ स्तुपा र बालाजु पार्क र शंखपार्कमा जडान गर्ने योजना अघि सारेको छ। 

महानगरपालिकाको आर्थिक वर्ष २०७४–७५ को नीति तथा कार्यक्रममा नै काठमाडौंका महत्त्वपूर्ण सार्वजनिक स्थलमा ‘फ्रि वाइ–फाइ जोन’ गराउन दुई करोड रूपैयाँ विनियोजित गरेको छ । बजेटमा फ्रि वाइफाई जोन पूर्वाधार तयार गर्ने तथा अपग्रेड र अन्य उपकरण खरिदका लागि महानगरको केन्द्रीय बजेटबाट विनियोजित गरिएको हो ।

महानगरपालिका अन्तर्गतको सूचना प्रविधि विभागले फ्रि वाइफाई जोनको लागत बारे अध्ययन गरिरहेको जनाएको छ । ‘फ्रि वाइफाई जडानका लागि प्राविधिक तथा सम्भाव्यता अध्ययन भइरहेको छ,’ प्रवक्ता कार्कीले भने, ‘सम्भवत केही महिनाभित्रै रिपोर्ट आइसक्ने छ । अध्ययन प्रतिवेदन अनुसार नै इन्टरनेट जडानका लागि टेन्डर प्रक्रिया अघि बढाइनेछ।’

महानगरको नगरपरिषद्बाट समेत फ्रि वाइफाईका लागि बजेट रकम समेत उल्लेख गरिएको छ । महानगरका सूचना तथा प्रविधि विभागका प्रमुख नरेन्द्र विलास बज्राचार्यले लागत तथा प्राविधिक अध्ययन भइरहेको बताए । ‘सम्पदा स्थलमा कस्तो मोडालिटीको इन्टरनेट सेवा राख्ने विषयमा अध्ययन भइरहेको छ,’ उनले भने, ‘पर्यटकको आवागमन र बिताउने समयको समेत अध्ययन भइरहेको छ । जसको कारणले सोही अनुसारको इन्टरनेटको गति व्यवस्थापन गर्न सहज हुनेछ।’ 

सूचना प्रविधि विभागका प्राविधिक रामप्रसाद सापकोटाले  पर्यटकको उपस्थिति हुने संख्याको आधारमा इन्टरनेटको व्यान्डवुथ विस्तार गरिने बताए । ‘पर्यटकको उपस्थिति अनुसार नै इन्टरनेटको क्षमता बढाउनुपर्ने हुन्छ,’ उनले भने, ‘सोही अनुसार नै अध्ययन गरिरहेका छौं । उनका अनुसार बालाजु पार्कमा एकैपटक ३ हजार  मानिसको उपस्थिति हुने प्रारम्भिक आँकलन गरिएको छ । त्यसैगरी शंखपार्कमा भने पाँच सय मानिसको उपस्थिति हुने प्रारम्भिक अध्ययनले देखाएको छ । अन्य पर्यटकीय स्थलमा एकपटकमा झण्डै एक हजार पर्यटकको आउजाउ हुने गरेको छ।

महानगरपालिकाले यसअघि नै रत्नपार्क क्षेत्रमा फ्रि वाइफाईको व्यवस्था मिलाइसकेको छ । रत्नपार्कभित्र घुम्न आउने पर्यटकले एक पटक नेट जडान गरेपछि डेढ घण्टासम्म चलाउन सक्ने व्यवस्था मिलाइएको छ।

प्रकाशित: ९ भाद्र २०७४ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App