७ वैशाख २०८१ शुक्रबार
राजनीति

मधेसी र पहाडी विर्सेर संविधान कार्यान्वयनमा लागौं: पूर्व राष्ट्रपति

काठमाडौ-पूर्व राष्ट्रपति रामवरण यादवले संविधान कार्यान्वयनका लागि मधेसी र पहाडी भन्ने विभेद विर्सेर दलहरु अघि वढ्नु पर्ने बताए । संविधान कार्यान्वयनको चुनौती सहज नभएको भन्दै यादवले त्यसको समाना गर्न एकजुट हुनुको विकल्प रहेको समेत बताए ।

‘मुलुकले दशकै पछिको युद्ध र सघर्षका कारण संघीय,लोकतान्त्रिक र गणतान्त्रात्मक संविधान पाएको छ’ यादवले भने ‘ त्यसको संस्थागत अहिले हुन नसके कहिल्यै पनि हुन सक्दैन। ’ संविधान जारी गर्दाका वखत जुन दुख र कष्ठ आफूले भोगेको त्यसलाई भोलीका पुस्ता भोग्न नपरेको भन्ने हेतुले दलहरुलाई तठस्थ भएर संविधान कार्यान्वयनमा लाग्न आफूले आग्रह गरेको उनले बताए। संविधान जारी गर्दा मधेसीहरुका केही माग सम्वोधन गर्न आफूले भूमिका खेल्न खोजेपनि नसकेको तर अझै पनि समय रहेकाले दलहरु र सरकारको ध्यान जानु पर्ने उनले बताए । सवै नेपालीहरुको साझा देश भएकाले एकजुट भएर अघि वढ्नु पर्ने पनि यादवले बताए । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दे यादवले यस्तो बताएका हुन् ।

कार्कीलाई वर्ष सेवा सम्मान 

कर्मयोगी विक्रम थापा स्मृति गुठीले भूकम्प प्रभावित सिन्धुपाल्चोको माझी बस्तिमा एकिकृत आवास निर्माण गरेको भन्दै थाई नेपाली संघका उपाध्यक्ष कुमार कार्कीलाई ‘सेवा पुरस्कार सम्मान २०७३ ’ प्रदान गरेको छ ।

सोमवार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा गुठीले नेपाली भाषि भएकै आधारमा भूकम्पले थलिएको विपन्न माझी वस्ती पूर्ननिर्माणमा सहयोग गरेको भन्दै उनलाई सम्मान गरेको जनाएको छ । ५१ हजार राशी रहेको उक्त पुरस्कार यसअघि स्वामी प्रपन्नाचार्यलाई प्रदान गरिएको थियो ।

थाई नेपाली संघले मेलम्ची नगरपालिकाको १२ वडामा ४१ वटा अस्थायी घरहरु निर्माण गरेको थियो । गत वैशाखमा गएको विनाशकारी भूकम्पमा थला परेको उक्त वस्तीलाई उठाउन नेपाली भाषि वर्मा र थाइलाण्डमा रहेका नेपालीहरुले रकम संकलन गर्दै उक्त कार्य गरेका थिए । सम्मान पछि बोल्दै कार्कीले आफ्नो पितृभूमिलाई सहयोग गर्दा खुशी लागेको र उक्त कार्य गरे वापत सम्मान गरेकोमा झन उत्साह थपिएको बताए ।

 

 

प्रकाशित: ११ श्रावण २०७३ १३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App