७ वैशाख २०८१ शुक्रबार
समाज

घर भत्किँदा दैलखमा एकको मृत्यु, दुई जना घाइते

दैलेख- अविरल वर्षाका कारण शुक्रबार बिहान डेढ बजेतिर दैलेख सदरमुकाममा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा नारायण नगरपालिका ११ स्थायी घर भएकी ४५ वर्षकी दीपा चन्द्र रहेकी छन्।

घाइते हुनेमा वर्ष ३५ की विन्दु शाही उनकी १२ वर्षकी छोरी मुना शाही छिन्। दीपाको घटनास्थलमै च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकेन्द्र खड्काले बताए। अन्य दुई जनाको उपचारका लागि नेपालगञ्ज लगिएको छ। घाइतेहरुको छाती र खुट्टामा चोट लागेको छ। सदरमुकाममै वर्षाका कारण ६ घरमा आंशिक क्षति भएको छ भने ३ घर पूर्ण क्षति भएका छन्। ती घरकाबाट प्रहरी र नेपाली सेनाले सामाग्रीहरु बाहिर छानेका छन्।

प्रकाशित: ९ भाद्र २०७४ ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App