coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हुन्डाईका गाडीमा ५ लाखसमम छुट

काठमाडौं—लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि., हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेताले हुन्डाई फेस्टिभ डिलाइट योजना ग्राहकहरु माझ ल्याएको छ। यो योजनाको अवधि भाद« ८ गतेदेखि कार्तिक २६ गतेसम्म रहनेछ।

नेपालीहरुका दुई ठूला चाड दशैं र तिहारलाई लक्ष्यित गरेर यो अफर ल्याइएको हो। यो योजना अन्तर्गत ग्राहकहरुले नगद रु. ५ लाख सम्मको छुट र १ वर्षे निःशुल्क बीमा पाउनेछन्। स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट साथै लक्की–ड्र मार्फत १०० जनालाई १०–१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत हुन्डाई एलिट आई ट्वान्टी एक थान र हुन्डाई एक्सेन्ट एक थान पाउनक्नेछन् ।

सबै हुन्डाईका कारहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर र स्वामित्व हस्तान्तरण हुनेछ ।
हुन्डाई मोटर कम्पनी विश्वका ५ ठूला अटोमोवाइल उत्पादकहरु मध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट गणस्तरका कारहरुले लाखौंका विश्वास जितेका छन्। यी कारहरुका न्यून संचानल खर्च र विक्री पछिको सेवा पनि राम्रो रहेको छ।

प्रकाशित: ९ भाद्र २०७४ ०५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App